१. लुम्बिनी र कपिलवस्तुबारे थरिथरिका कुरा आइरहेका छन्। एकातिर लुम्बिनीको विकास अपेक्षाकृत रूपमा नभएकोमा सम्बन्धित पक्ष कराइरहेका छन् भने अर्कोतिर प्राचीन कपिलवस्तुको राजधानी रहेको तिलौराकोट उपेक्षित भएकोमा स्थानीय जनता निराश भएका छन्। देवदह क्षेत्र त अझ पनि पिछडिएको छ।
२. ती सबैका बीच पनि आशाको एउटा किरण देखिएको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनले वृहत्तर लुम्बिनी अवधारणा ल्याएको गुरुयोजना तैयार पारेमा त्यसमा आफूले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महासचिव मुनको अवधारणा अनुसार दक्षिण कोरियाका प्राध्यापक क्वाकले लुम्बिनीलाई विश्वशान्तिको सहर बनाउने गुरुयोजनाको खाका तैयार पारेका छन्।
३. उनले तैयार पारेको खाका केही महिना पहिले वृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएका थिए। धेरै महिना पहिले बुझाएको त्यो गुरु योजनाका खाका सम्बन्धमा के भएको, कस्तो भएको छ, र त्यससम्बन्धी कुरा कहाँ पुगेको छ। त्यो अझै बताइएको छैन।
४. काल्कले बनाएको गुरुयोजनामा लुम्बिनीलाई केन्द्र विन्दुमा राखेर चारैतिर पाँच/पाँच माइल क्षेत्रफलमा निर्माण कार्य हुनेछ। गुरुयोजना कमलको फूल आकारको हुनेछ। गुरु योजनामा चार क्षेत्र छुट्टयाइएको छ। त्यस अनुसार बुद्ध, धर्म, सङ्घ र उपासक क्षेत्र रहने प्रावधान छ। प्रत्येकको आ-आफ्नै विशेषता हुनेछ।
५. शान्ति सहरमा आठवटा नगर बनाउने योजना छ। कपिलवस्तुको गौरीहवा, कुडान, तिलौराकोट, सग्रहवा, लिग्लिहवा र नवलपरासीको रामग्राम, देवदह र भैरहवाको लुम्बिनी क्षेत्रलाई समेटिने जनाइएको छ। ती क्षेत्र निर्माणका लागि तीन अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान छ। त्यसका लागि राष्ट्र सङ्घ, विश्व बैड्ढलगायतले सहयोग गर्ने गुरुयोजनाका निर्माता क्वाकले बताएका छन्।
६. गुरुयोजनाको अर्को राम्रो पक्ष के छ भने योजनाको मूलमन्त्र ‘गरिबीका बीच शान्ति आउँदैन’ भन्ने छ। वरपरका क्षेत्रबाट गरिबी हटाउनुपर्ने कुरा योजनामा उल्लेख छ। साथै योजनामा स्थानीय मानिसलाई जबर्जस्ती नहटाउने पनि उल्लेख छ। योजना यस्तो कुरा उल्लेख भएकोले स्थानीय जनता बडो आशा लिएर गुरु योजना हेर्दैछन्।
७. लुम्बिनीमा २०६२ मा भएको दोस्रो विश्व बौद्ध सम्मेलनले लुम्बिनीमा शान्ति सहरको परिकल्पना गरेको थियो। सम्मेलनमा तत्सम्बन्धमा कर्णशाक्यले एउटा कार्यपत्र पेश गरेका थिए। हाल लुम्बिनीमा प्रतिवर्ष एक लाख पर्यटक एक दिनका लागि आउने गरेको रिर्कर्ड छ भने नयाँ योजना तैयार भएमा हरेक वर्ष छ लाख पर्यटक लुम्बिनी आउने र उनीहरूलाई १५ दिन बस्ने संरचना मिलाइएको बताइएको छ। योजनाको खाका राम्रो छ। तर त्यो योजना तैयार गर्दा लुम्बिनीको शान्ति खलबलिनु हुँदैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१