लगानी सम्मेलनको तयारी

सम्पादक
चैत्र ४, २०७५

१. सरकारले यही चैत्र १५ र १६ गते काठमाडौंमा जुन लगानी सम्मेलनको आयोजना गर्न गइरहेको छ, त्यसको यत्र तत्र व्यापक चर्चा भइरहेको छ। सर्वसाधारणले पनि त्यसमा बढी रुचि राख्ने गरेका छन् भने केहीले आफ्नो भविष्य नै त्यसैमा रहेकोजस्तो गरेर त्यसलाई जसरी भएपनि सफल पार्नु पनेर्मा जोड दिँदै छन्।

२. दुई वर्ष पहिले २०७३ सालमा पनि नेपालमा लगानी सम्मेलनको आयोजना गरिएको थियो तर यस पटक सबै सरकारी संयन्त्रहरू सम्मेलन के कसरी सफल पार्ने भनेर तैयारीमा जुटेका छन्। उनीहरू सम्मेलनमा कुनै त्रुटि नहोस् भनेर खुब सजग र सतर्क भएर लागि परेका छन्। सिंहदरबारको सम्पूर्ण ध्यान अहिले त्यसैमा केन्द्रित भएको छ।

३. सरकारले एकातिर लगानीकर्ताहरूलाई आकर्षित गर्न ऐन कानूनमा परिमार्जन गरिरहेको छ भने अर्कोतिर कुनकुन क्षेत्रमा लगानी आकर्षित गर्ने भनेर आयोजनाहरू पनि तैयार गरेका छन्। सरकारले ४६ आयोजना तैयार गरी साढे ३० खर्बको लगानी आह्वान गर्न आन्तरिक तैयारी गरेको छ। त्यो आह्वान प्रधानमन्त्री के.पी. ओलीले गनेर्छन्।

४. सरकारले लगानीको क्षेत्रलाई सरकारी क्षेत्र र निजी क्षेत्र गरी विभाजित गरेको छ। लगानीकर्ताहरूलाई सरकारले तैयार गरेको आयोजनाभन्दा अर्कै आयोजना छान्न र त्यसमा लगानी गर्न पनि बाटो खुल्ला गरेको छ। लगानीको वातावरण बनाउने सरकारको संयन्त्र केही महिना पहिलेदेखि निरन्तर लागिरहेको छ।

५. सरकारले ऊर्जा, औद्योगिक, कृषि, पर्यटन, यातायात, शिक्षा तथा स्वास्थ्यमा पूर्वाधारको आयोजनाको नमूना तैयारी गरेको छ। ती आयोजनामध्ये ऊर्जामा ११ खर्ब १ अर्ब २४ करोडको छ भने औद्योगिक पूर्वाधारमा २३ अर्ब ११ करोड १२ लाखको छ। तीमध्ये सर्वाधिक ठूलो आयोजना यातायात पूर्वाधारको छ। त्यो आयोजना ११ खर्ब ६ अर्ब ८९ करोड ४४ लाखको छ।

६. निजी क्षेत्रतिर ऊर्जा, उद्योग र पर्यटनपूर्वाधार राखिएको छ। ऊर्जामा १ खर्ब ६२ अर्ब २२ करोड २० लाखको योजना छ भने उद्योगमा ३१ अर्ब ९२ करोडको छ। त्यस्तै पर्यटन पूर्वाधारको आयोजना १३ अर्ब ५६ करोड ६० लाखको छ। सरकारले लगानीकर्ताहरूलाई आकर्षित गर्न ती आयोजनाहरू तैयार गरेको हो।

७. सरकारले यो सम्मेलनलाई प्रतिष्ठानको विषय बनाएको छ। सम्मेलन सफल भयो भने अर्थात् लगानी राम्ररी भित्रियो भने निश्चय नै हाम्रो विकास निर्माणको कामले गति लिन सक्नेछ, उत्पादन बढ्ने छ। रोजगारीको अवसर बढ्ने छ र नेपालीको आम्दानीको स्तर बढ्नेछ। तर त्यसको लागि वातावरण अनुकूल बनाउनु पर्दछ। वातावरणमा लगानी भर पर्दछ। दुई वर्ष पहिलेको सम्मेलनमा लगानीको प्रतिबद्धता जनाएर पनि लगानी गर्न आएनन्। त्यो कुरालाई पनि सरकारले दृष्टिगत गर्नु पर्दछ। सम्मेलन सम्पन्न भएपश्चात पनि सरकारले वातावरण अनुकूल बनाइराख्न निरन्तर प्रयास गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width