राष्ट्रिय बौद्ध सम्मेलन

सम्पादक
चैत्र २२, २०७५

१. नेपालका बौद्ध संस्थाहरु मध्ये सबभन्दा धेरै सञ्जाल भएको धमोर्दय सभाको १२ औं राष्ट्रिय बौद्ध सम्मेलन यही २३ र २४ गते गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लाको सदरमुकाम वेँसीशहरमा हुन गइरहेको छ। दुई वर्षको एक पटक आयोजना गरिने यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री के.पी. ओलीबाट हुने भएको छ।

२. धमोर्दय सभा नेपालका पुराना संस्थाहरु मध्ये एक हो। यो संस्था वि.सं.२००१ साल मंसिर १५ गते भारतको सारनाथमा भिक्षु चन्द्रमणि महास्थविरको नेतृत्वमा गठन गरिएको थियो। यो गठन गर्नमा भिक्षु अमृतानन्दको ठूलो भूमिका रहेको थियो। उनी यसका संस्थापक महा सचिव थिए। यसको स्थापना महत्वपूर्ण कामकालागि भएको थियो।

३. पहिले राणाशासन कालमा बुद्धधर्म प्रचारप्रसार गर्न पाइँदैनथ्यो। बुद्धधर्म प्रचार गरेको आरोपमा आठजना भिक्षुहरुलाई देश निकाला गरिएको थियो। उनै देश निकाला भएका भिक्षुहरुलाई देशमा भिœयाउन यो संस्था गठन गरिएको थियो। यो संस्थाले भिक्षुहरुलाई देश निकाला गरेको विरुद्धमा आवाज उठाउन विश्वव्यापी अपिल गर्दै सहयोगको आह्वान पनि गर्यो। त्यो आह्वान अनुसार श्रीलंकाका भिक्षु नारद महाथेराको नेतृत्वमा एक प्रतिनिधिमण्डल आइ सरकारसँग भेट गरेपछि नेपालका ती भिक्षुहरु देश फर्कन पाएका थिए।

४. धमोर्दय सभाले अरु पनि महत्वपूर्ण कामहरु गरेको छ। यसले चौथो र पन्ध्रौँ विश्व बौद्ध सम्मेलनको भव्य आयोजना गरेको थियो। २०१३ सालमा आयोजित चौथो विश्वबौद्ध सम्मेलन नेपालमा आयोजित पहिलो अन्तराष्ट्रिय सम्मेलन हो। यसको सभापतित्व तात्कालीन राजा महेन्द्रले गरेका थिए भने त्यसमा ३० देशका प्रतिनिधिहरु सहभागी थिए।

५. धमोर्दय सभाले पछि दुई वर्षको एक पटक राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने गरेको छ। त्यसको पाचौं राष्ट्रिय बौद्ध सम्मेलन २०५२ सालमा पोखरामा भएको थियो। यस पटक धमोर्दयसभा वेँसीशहर भोटेओडार शाखाको व्यवस्थापनमा वेँसीशहरमै यो सम्मेलन हुनु यस क्षेत्रकै लागिठूलो कुरा भएको छ।

६. धमोर्दय सभाको अर्को विशेषता के पनि छ भने बुद्धधर्मका थेरवाद, महायान र बज्रयानका विशिष्ट व्यक्तिहरुबाट क्रमशःसभाको अध्यक्षता गर्ने परम्परा रहेको छ। यो परम्पराले ती यानहरु बीच आपसमा सम्पर्क, सम्बन्ध र समझदारी बढाएको छ। ती यानहरु बीच भ्रातृत्वको भावना कायम भएको छ र आपसी एकतालाई सुदृढ बनाएको छ।

७. यतिखेर १२ औं बौद्ध सम्मेलनको तयारीले वेँसीशहरमा चहलपहल बढाएको छ। यसले स्थानीयहरुमा बुद्धधर्म बारे सोधखोज गर्ने प्रवृत्तिको विकास गरेको छ। सम्मेलन मना· जाने प्रवेशद्वारको रुपमा रहेको वेँसीशहरमा नै भएकोले पर्यटन उद्योगलाई पनि सघाउ पुर्याउने अपेक्षा गरिएको छ। सम्मेलनको समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहनुहुने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width