राष्ट्रियताको चिन्ता

सम्पादक
वैशाख २९, २०७०

१. अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखका लोकमानसिंह कार्कीलाई नियुक्त गरिएको विषय अझ पनि चर्चाको शिखरमा छ। त्यो नियुक्तिका विषयमा जति चर्चा बढ्दै गएको छ, उति त्यसले विदेशी चलखेल रहेको प्रष्ट्याएको छ। त्यो नियुक्तिमा भारतको भूमिका रहेको जो कोहीले पनि भन्ने गरेका छन्।

२. पहिले हाम्रो राजनीतिमा राष्ट्रियताको खूब चर्चा हुने गर्दथ्यो। राजनीति गर्नु राष्ट्र र राष्ट्रियताको संरक्षण गर्नु हो भन्ने गरिन्थ्यो र खरो नउत्रने नेताको भविष्य नभएको अनुमान गर्दथे। पृथ्वीनारायण शाहले जग बसालेको राष्ट्र र राष्ट्रियताको भावना २००७ सालमा प्रज्ज्वलित भएको थियो।

३.     त्यसबेला प्रज्ज्वलित भएको राष्ट्रिय भावना जगेर्ना गर्नमा जननेता बीपी कोइरालाले अथक प्रयास गरेका थिए। राष्ट्र र राष्ट्रियता सम्बन्धमा उनी गम्भीर थिए र गम्भीर निर्णयहरू गरेका थिए। उनका विरोधीहरूले उनको जीवनकालमा उनलाई जे जसरी आलोचना गरे तापनि पछि उनीहरूले उनलाई राष्ट्रियताका प्रखर व्यक्तिका रूपमा स्वीकारेका छन्।

४. त्यस्तो नेताको चर्चा गर्दा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र मनमोहन अधिकारीको नाम पनि लिनुपर्ने हुन्छ। भट्टराईले कहिले पनि नेपाली अस्मितामाथि चोट पार्ने काम गरेनन्। मनमोहन अधिकारीले आफू प्रधानमन्त्री भएका बेला सन् १९५० को सन्धिका बारे विचार गर्न भारतसमक्ष प्रस्ताव राखेका थिए। त्यसपछिका कुनै कम्युनिष्ट प्रधानमन्त्रीले पनि भारतसमक्ष त्यो प्रस्ताव राख्न सकेनन्।

५. आजका शीर्ष नेताहरू राष्ट्रियताको विषय नै बिर्सेजस्ता देखिन्छन्। विदेशीका कुरालाई आफ्नो जसरी बनाएर भन्नुलाई उनीहरूले विशेषता सम्झेका छन् भने कोही सुगाजस्तै भएका छन्। सुगाले जसरी जे सिकायो, त्यही बोल्छ, हाम्रा नेताहरू पनि अहिले त्यस्तै भएका छन्। आफूलाई चतुर, चलाख र अनुभवी भन्ने नेताहरू पनि माफी माग्नुपर्ने स्थितिमा पुगेका छन्।

६.     सत्ता र स्वार्थका लागि नेताहरू ‘बिकाउ’ भएका छन्। उनीहरूको त्यही कमीकमजोरीबाट विदेशीहरूले फाइदा उठाइरहेका छन्। जति विदेशीले फाइदा उठाउँछन् उति हाम्रो राष्ट्रियता ह्रास हुन्छ। केही वर्षदेखि हाम्रो राष्ट्रियता ह्रास हुँदै गएको छ र हामी तानातानमा परेका छौं। नेताहरू दबाबमा छन्। उनीहरूले दबाबमा काम गर्नुपरेको प्रष्ट देखिएको छ।

७. यसपटकको घटनाले हाम्रो राष्ट्रियता क्षतविक्षत हुन लागेको सड्ढेत गरेको छ। यसमा सुधार ल्याउने कि नल्याउने काम अब नेताहरूको हो। अब नेताहरूको चेत खुल्नुपर्दछ। राष्ट्रियतालाई यस्तो स्थितिमा पुर्‍याएर के पाउन सकिन्छ, त्यसको मूल्याड्ढन गर्नुपर्दछ। नेताहरूले आजको सत्ता र स्वार्थ हेरेर मात्र होइन, भोलिको इतिहास बनाउनुपर्दछ। नेताहरूले इतिहास बनाउनेतिर ध्यान दिउन् भन्ने हाम्रो आग्रह छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width