राष्ट्रपति भण्डारीको राजकीय भ्रमण

सम्पादक
वैशाख ११, २०७६

१. राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन्। उनी चीनका समकक्षी सी जिन पिङको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन्। उनी वैशाख १९ गतेसम्म त्यहाँ रहने छिन्। राष्ट्रपति भण्डारीले वैशाख १२ र १३ गते हुने बेल्ट एण्ड रोड इनिसिएटिभको अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ।

२. चीनले बेल्ट एण्ड रोड इनिसिएटिभको यो दोस्रो अन्तराष्ट्रिय सम्मेलन भव्यताका साथ आयोजना गर्दैछ। त्यसले “बेल्ट एण्ड रोड सहकार्य, एक उज्वल साझा भविष्य” भन्ने मूलनारा दिएर आयोजना गरेको सम्मेलनमा १ सय ३६ मुलुक र २९ अन्तराष्ट्रिय संस्थाहरु सहभागी हुँदैछन् भने त्यसमा ३७ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख हुने जनाइएको छ।

३. चीनको यो महत्वाकांक्षी योजनामा नेपालले हस्ताक्षर गरिसकेको छ। हस्ताक्षर गरेर नेपालले जे जसरी परियोजनाहरु प्रस्तुत गर्नुपर्ने हो, त्यो भने गरिसकेको छैन। यसैबीच त्यस आयोजनाको नकारात्मक कुरा पनि बाहिर आएको छ। त्यसले गर्दा पनि सरकार बढी सजग र सतर्क हुनु पर्ने भएको छ।

४. चीनको एक कम्पनीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम जे जसरी गरिरहेको छ, त्यसले राम्रो प्रभाव पारेको छ, उता सरकारले नेपालले नै बनाउने भनी निर्णय गरेको बूढी गण्डकी जलविद्युत परियोजना चीनलाई दिन खोजेकोमा भने नेपाली जनता रुष्टछन्। त्यसमा सरकारले अझै गम्भीर किसिमले सोच्नु आवश्यक छ।

५. राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको अवसरमा रेल मार्ग पारवहन तथा परिवहनको प्रोटोकलमा अन्तिम रुप दिने, चीनको बन्दरगाहमा नेपालको पहुँच, नाका खोल्न र नाकालाई व्यवस्थित गर्ने सम्बन्धमा हस्ताक्षर हुनेछ। यस अवसरमा चीन सरकारले नेपालको कुनै एक परियोजना सहयोगको घोषणा हुने अपेक्षा पनि गरेको छ।

६. राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सीसँग उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उनी चीनमा आयोजित अन्तराष्ट्रिय वागवानी सम्मेलनमा पनि सहभागी हुनेछन्। उनले सम्मेलनमा राखिएका नेपाली स्टलको अवलोकन पनि गनेर्छिन्। नेपाली स्टल लुम्बिनीको प्रकृति झल्काउने किसिमले निर्माण गरिएको छ।

७. राष्ट्रपति भण्डारीले आफ्नो चीन वसाइमा नेपाल र चीनका व्यापारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि निर्धारण गरिएको छ। उनले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण पूरा गरी ल्हासा हुँदै १९ गते नेपाल फर्कने छन्। राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, परराष्ट्र सचिव लगायत २५ जना उच्च अधिकारीहरु छन्। राष्ट्रपतिले ११ गतेदेखि १९ गते सम्मको लामो अवधि एउटै देशको भ्रमणमा बिताउने भएकोले यो भ्रमणको अत्यधिक महत्व भएको अनुमान गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width