राष्ट्रपति डा. यादवको आग्रह

सम्पादक
असार १६, २०७०

१. राष्ट्रपति डा.रामवरण यादवले आफ्नो स्वास्थ्य उपचारपछि जापानबाट फकर्लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै राजनीतिक दललाई संविधानसभा निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन्। उनले संसारमा विरलै हुने संविधानसभाको निर्वाचन नेपालमा दोस्रो पटक हुन लागेको उल्लेख गरी त्यसमा भाग लिन सबैलाई आग्रह गरेका छन्।

२. डा. यादवले संविधानसभाको मिति घोषणा भइसकेको अवस्थामा अब विवादको कुरा एकातिर थाती राखेर चुनावको माहौल खडा गर्नुपर्नेमा जेाड दिएका छन्। उनले मुलुकलाई अस्थिरता र सङ्क्रमण र अस्थिरताबाट मुक्त गर्न सबै दलले असहमतिलाई सहमतिमा परिणत गरेर तोकिएको समयमा निर्वाचनमा लाग्नपर्दछ भनेका छन्।

३. उनले निर्वाचनबाट गणतन्त्रको संस्थागत विकास र मुलुकको भविष्य उज्ज्वल हुने पनि बताएका छन्। उनले जनताको इच्छा पनि यही छ भन्दै निर्वाचनमा सबै सहभागी हुनेमा आफू विश्वस्त भएको उल्लेख गरेका छन्। राष्ट्रपति डा. यादवको त्यो चिन्ता र चासोलाई मान्नपर्दछ।

४. राष्ट्रपतिले भनेझैँ देश सङ्क्रमणकालबाट गुज्रिरहेको छ। तर यो सङ्क्रमणकाललाई अरु लम्ब्याउनुहुँदैन। संविधानसभाको चुनाव नेपालमा झंै दोहोर्‍याएर गरिएको विरलै होला। चार वर्ष लगाएर पनि एउटा संविधान बनाउन सकेनन्। संविधान यसरी बनाउने भनी अहिले पनि कुनै रूपरेखा कोरिएको छैन

५. संविधानको रूप रेखा कोर्नेतिर कोही लागेको पनि पाइँदैन। त्यसबेला भन्दा अहिले स्थिति अरु बिग्रेको छ। अहिले जातीय पार्टीरू र क्षेत्रीय पार्टीरू प्रभावकारी रूपमा आउने क्रममा छन्। जातीय भावना र क्षेत्रीय भावना बढेको देखिएको छ। ती पार्टीरूको तानातानले स्थिति अरु जटिल हुन सक्दछ।

६. राजनीतिक सिद्धान्त र पार्टीको प्रभाव सर्वसाधारणमा गौण भएको छ। सर्वसाधारण जुन जोगी आए पनि कानै चिरेका भन्न थालेका छन्। फेरि नेताहरू दल बदल गर्दैछन्। एउटा पार्टीछोडेर उनीहरू अर्को पार्टीका प्रवेश गर्दैछन्। जहाँ गएर आफ्नो पदोन्नति हुन्छ, त्यही पार्टीप्रवेश गर्नेहरूको सङ्ख्या बढ्दो छ।

७. नेताहरूले अर्काका पार्टीका नेताहरूलाई लोभ प्रलोभन दिएर आफूतिर तानिरहेका छन्। त्यो कदापि राम्रो होइन। तर यहाँ जुन राम्रो होइन भनियो त्यही हुने गरेको छ र त्यसै गर्न नेताहरूले प्रोत्साहित गर्दैछन्। हामी राम्रो र असलतिर होइन, खराब र नराम्रोतिर गइरहेका छौं। त्यस्तो स्थितिमा राष्ट्रपति डा. यादवले आग्रह गरे अनुसार सबै चुनावमा सहभागी भएमा त्यो एक राम्रो काम हुन सक्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width