१. पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा राप्रपा र राजपाको संयुक्त अधिवेशनबाट आइतबार सर्वसम्मतबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि थापा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष थिए। दुर्इ पार्टीको एकता अधिवेशन काठमाडौंमा जारी रहेको छ।
२. राप्रपा र राजपाको यो एकीकरणलाई राजनीतिक विश्लेषकहरुले सकारात्मकरुपमा लिएका छन्। विचार मिल्नेहरु एक हुनु राम्रो हो। कतिपय नेताहरु आफ्नो अहम् र अवसरका लागि फुट्ने गरेका छन्। त्यसरी फुटेर गएकाहरु एक न एकदिन मिल्ने गरेका छन्। त्यसैक्रममा ती दुर्इ पार्टीपनि एक भएका छन्।
३. राप्रपा र राजपाले एउटा राम्रो काम के गरेका छन् । तिनीहरुले गाउँ र जिल्ला तहमा एकीकरण गर्दै केन्द्रमा अहिले एकता महाधिवेशन गरेका हुन्। तल्लो तहमा तिनीहरुबाट बीच खास विवाद छैन। जिल्लामा कहिलेकतै टकरावको स्थिति आए पनि जम्मा राम्ररी एकता महाधिवेशन सम्पन्न गरेका छन्।
४. एकता महाधिवेशनले अध्यक्ष पदमा थापालाई निर्विरोध अध्यक्ष बनाए पनि पार्टीकाई सामूहिक नेतृत्व प्रणालीमा लैजाने निर्णय गरेको छ। महाधिवेशनले ११ सदस्यीय उच्चस्तरीय कार्य सम्पादन समिति रहने गरी विधान पारित गरेको छ। कार्य सम्पादन समितिका अध्यक्ष थापा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शम्सेर जबरा, प्रकाशचन्द्र लोहनीलाई चयन गरेको छ भने बाँकी सदस्य केन्द्रीय समितिले तय गर्ने छ।
५. संशोधिन विधान एक सय एक जनाको केन्द्रीय सदस्यको प्रावधान बनाएको छ। जसमा खुल्ला क्षेत्रबाट ३५, महिलाबाट १०, जनजातिबाट ११, तराई मधेशबाट नौ, दलितबाट चार र मुस्लिम र कर्ण्ाालीबाट एक/एक जना निर्वाचित हुनेछन्। केन्द्रीय समितिमा अध्यक्षले ३० जना मनोनित गर्ने प्रावधान राखेको छ।
६. पार्टीको नाम राप्रपा हुने, चुनाव चिन्ह र झण्डा पनि राप्रपाकै हुने तर अध्यक्ष पदमा थापा हुनुलाई अर्थपूर्ण मानिएको छ। त्यसलाई पशुपति शम्सेरको त्यागको रुपमा व्याख्या गर्नेहरु धेरै छन्। संगठनमा संगठित भावना देखाउन त्यसो गरिएको अनुमान गरिएको छ।
७. पार्टीका खारिएका, अनुभवी र पाका नेताहरु धेरै छन्। अरुसँगै साधारण तया नमिल्ने आर्फमा विचार निकाल्ने राजेश्वर देवकोटा पनि छन्। धर्म निरपेक्षबाट टाढा गएर सर्वर्धर्मको अवधारणा ल्याएको छ। इसाइहरुको संख्या बढेकोले त्यसो गरिएको अनुमान गरिएको छ। पार्टीको यो अवस्था राणाले हिन्दूहरुले सन्तोष मान्ने अनुमान गरिएको छ। जसमा यो एकीकरणले देशको राजनीतिमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१