राजनीति नपसोस्

सम्पादक
मंसिर ३०, २०७६

१. नीतिहरुमा सबभन्दा महत्वपूर्ण नीति राजनीति मानिन्छ। राजनीतिले अरु विधाका नीतिहरुलाई निदेर्शन दिन्छ। संक्षिप्तमा भन्नुपर्दा राजनीतिले सिंगो देश नै संचालन गर्दछ। त्यसकारण राजनीतिलाई सबभन्दा महत्वपूर्ण नीति मानिन्छ। त्यसकारण पनि मानिसहरु यसमा बढी आकर्षित हुन्छन्। हाम्रो देशमा राजनीतिक क्षेत्रमा लाग्नेहरुको संख्या अत्यधिक छ।

२. राजनीति गनेर्हरुको छुट्टै पहिचान छ। त्यसमा पनि निर्वाचन वा अन्यतरीकाबाट माथि–माथि पुग्नेहरुको महत्व अर्कै हुन्छ। तिनीहरु यो देश र देशका साधन तथा स्रोत आफ्नै पेवा सम्झन्छन्। साधन र स्रोत आपसमा विभाजन गरी प्रयोग र उपभोग गर्दछन्। यस्तै प्रवृत्तिले संस्थान र प्रतिष्ठानहरु एक पछि अर्को बिग्रदै गएका छन् र स्तर हीन हुँदै गएका छन्।

३. तर यो कुरा राजनीति गनेर्ले कहिल्यै महसुस गरेनन्। तिनीहरु आफ्नै स्वार्थमा चुर्लुम्म डुबेकाले त्यो कुरा महसुस गर्न नसकेका हुन्। अन्यथा राजनीतिको भागवण्डाले के कति बिगारेको छ भन्ने कुरा पोखरामा आयोजित लिटरेचर फेष्टिभलमा प्रष्ट सुनियो र देखियो।

४. फेष्टिभलमा आँखा रोगका विशेषज्ञ डा.सन्दुक रुइतले आफ्नो विचार राख्ने क्रममा पटक पटक आफ्नो तिलगंगा आँखा अस्पतालमा राजनीति नपसोस् भनी भगवानलाई पुकारे। उनी तिलगंगा आँखा अस्पतालका प्रमुख हुन्। उनको अस्पताल राम्रो मानिन्छ र विश्वमा नै त्यसको सुवास फैलिँदै गएको छ।

५. उनको अस्पतालमा राजनीति घुसेको छैन। राम्ररी संचालन भइरहेको छ। अरु त्यस्तै राम्रा संस्थान, प्रतिष्ठानहरुमा राजनीतिले भागवण्डा गरेर पसेपछि अस्पताल, शिक्षण संस्थाहरु एवं अन्य प्रतिष्ठानहरु दिनप्रति दिन बिग्रँदै गएकाछन्। त्यसैलाई देखेर उनले भगवान पुकारेर आफ्नो अस्पतालमा राजनीति नपरोस् भनी बारम्बार पुकारेका हुन्।

६. डा.रुइतजस्ता विशेषज्ञ व्यक्तिले त्यसरी पुकार्नु ठूलो कुरा हो, गम्भीर कुरा हो। हाम्रो राजनीति स्तरहीन हुँदै गएको छ। त्यसले फाइदा कमाउन जानेको छ, सेवा दिन जानेको छैन। त्यसले राम्रो मान्छे चिनेको छैन। आफ्नो मान्छे मात्र चिनेको छ, जानेको छ र त्यसैलाई अवसर र पद दिने गरेको छ। जसको कारण संस्थान, प्रतिष्ठानहरु बिग्रदै गएकाछन्।

७. तर नेताहरुको चेत खुलेको छैन। कुनै पार्टीमा नलागेका तटस्थ रहेका बौद्धिक, विशेषज्ञ, प्राज्ञहरु अवसरको अभावमा खुम्चेर बसेका छन्, निरीह छन्। पार्टी र सिद्धान्त विशेषको फेरो समात्नेहरुको चुरीफुरी अर्कै छ। तिनीहरुले संस्थान र प्रतिष्ठानहरु बिगारेका छन्। त्यही देखेर डा.रुइतले आफ्नो अस्पतालमा राजनीति नपसोस्, भनी कामना गरेका हुन्। उनको यो पुकारलाई सुन्नु पर्दछ, मनन गर्नु पर्दछ र देश विकास गर्ने हो भने भागवण्डाको राजनीति परित्याग गर्नुपर्दछ। र, डा.रुइतले भनेझैं कुनै संस्थान आदिमा राजनीति प्रवेश गराउने काम तुरुन्त परित्याग गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width