राजनीतिको जोड घटाउ सुरु

सम्पादक
पौष ७, २०७६

१. नेपालका राजनीतिक पार्टीहरु चुनाव आउनासाथ सलबलाउन थाल्छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीबीच भएको सहमतीले चुनाव आएको प्रष्ट संकेत गरेको छ। नेताहरु आफूलाई के कति र कहाँ गएर कोसँग मिलेर फाइदा हुन्छ भन्दै जोड घटाउ गर्न थालेका छन्।

२. आफ्नै कार्यालयका महिला कर्मचारीलाई यौन शोषण गर्ने उद्योग गरेको कारणले कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका कारण सभामुख पद खाली छ। उप सभामुख डा.शिवमाया तुम्बाहाम्फे माथि राजीनामाको दबाब चकेर्को छ। उपसभामुख पद पनि खाली हुदैछ।

३. दुईवर्षे कार्यकालमा परेका राष्ट्रिय सभाको एक तिहाई सदस्यहरुको पद पनि यसै पटक खालि हुँदैछ। तिनीहरुको पद खाली हुनुभन्दा पहिले निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ। यी सबै कारणले राजनीतिक नेताहरु चुनावका लागि जोड घटाउमा व्यस्त छन्।

४. नेकपा र राजपाबीच भएको सहमतीले समाजवादी पार्टीमा भूकम्प गए जस्तै भएको छ। सत्तामा बसेर पनि समाजवादी पार्टीले त्यो सहमतिका लागि भइरहेको चाल पाएन। सत्तामा भएर पनि त्यो पार्टी सत्तारुढ जस्तो देखिदैन। मन्त्री परिषद्को पुनर्गठनमा त्यस पार्टीका नेता उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट न्याय कानूनमा पुर्याएकोमा उनी असन्तुष्ट छन्।

५. त्यसको दोष उनले आफ्नै पार्टीका डा. बाबुराम भट्टराईमाथि लगाएका छन्। डा.भट्टराईले बारम्बार समाजवादी पार्टीले सरकार छोड्नु पर्दछ भन्दै गरेकाले प्रधानमन्त्री ओलीले आफूसँग नसोधी मन्त्रालय परिवर्तन गरेको उनको ठहर छ।

६. विगतको उप चुनावको परिणाम र मन्त्री परिषद्को पुनर्गठनले समाजवादी पार्टीमा डा.भट्टराईको तौल घटाएको प्रतित भएको छ। सत्तारुढ पार्टीसँग सहमती गरेकोले राजपाले उप–सभामुख पद पाउने सम्भावना बढाएको छ भने राष्ट्रिय सभामा पनि उसको उपस्थिति अरु दरिलो हुने देखिन्छ।

७. अरु पार्टी चुनावको जोड घटाउमा सलबलाई रहेका छन् भने कांग्रेस आन्तरिक विवादमा चुर्लुम्म डुबेको छ। त्यसका नेताहरु अरुलाई हराउनुमा भन्दा आफ्नै पार्टीका नेताहरुलाई हराउनमा आनन्दको अनुभव गर्ने अबस्थामा छन्, यो चुनावमा कहाँ कसले के गर्दैछ, त्यसलाई खास मतलब पनि छैन। यस पटक राष्ट्रिय सभामा उसको उपस्थिति अरु घट्ने देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width