रष्ट्रियसभाको चुनाव

सम्पादक
पौष २१, २०७६

१. हाम्रो संविधानले दुई सदनको व्यवस्था गरेको छ। ती मध्ये एउटा प्रतिनिधि सभा हो भने अर्को राष्ट्रिय सभा। प्रतिनिधि सभाको चुनाव पाँच वर्षको एक पटक गरिन्छ भने राष्ट्रिय सभाको त्यसरी एकै पटक हुँदैन। राष्ट्रिय सभामा दुई वर्षको एक पटक एक तिहाई सदस्य खाली हुन्छ र खाली हुनु ३५ दिन पहिले चुनाव गर्नु पर्ने प्रावधान छ।

२. राष्ट्रिय सभा गठन भएको दुई वर्ष पूरा भएको छ। यो दुई वर्षमा त्यसको एक तिहाई सदस्यको पदावधि पूरा हुँदैछ। दुई वर्षको कार्यकालमा परेका सदस्यहरुको पदपूर्ति गर्ने उद्देश्यले अहिले चुनावको प्रकृया प्रारम्भ भएको छ। आईतबार उम्मेद्वारहरुले नामाङ्कन पत्र भर्ने काम सम्पन्न भएको छ।

३. राष्ट्रिय सभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुनेमा सरिता प्रसाद, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, बद्री प्रसाद पाण्डे, बलराम बास्कोटा, मीना बूढा, मुक्ताकुमारी यादव, युरोल तामाङ, रमेशप्रसाद यादव रहेका छन्।

४. त्यस्तै राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादर मल्ल र खेमराज नेपाली छन्। त्यसको अतिरिक्त राष्ट्रपतिबाट मनोनीत डा.युवराज खतिवडाको पनि पदावधि पूरा भएको छ।

५. त्यसरी पदावधि पूरा हुने सदस्यहरुमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका ९ जना, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेका ७ जना, राष्ट्रिय जनता पार्टीका २ जना र समाजवादी पार्टीका १ जना छन्। उनीहरुको कार्यकाल आगामी फागुन २० गतेका दिन पूरा हुँदैछ।

६. राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तह नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्। तर उनीहरुको मतभार फरक हुन्छ। प्रदेश सभाका सदस्यहरुको मतभार ४८ गरिएको छ भने स्थानीय तहका मतदाताको मतभार मात्र १८ गरिएको छ।

७. राष्ट्रिय सभालाई माथिल्लो सदन भनिन्छ। माथिल्लो सभामा समाजका विभिन्न क्षेत्रमा काम गरेर विशिष्ट योगदान पुर्याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरेको छ। तर राजनीतिक पार्टीहरुले भने आफ्नै कार्यकर्ता लैजाने र कार्यकर्ताहरुबाटै खाली पदहरु पूर्ति गर्ने गर्दछन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width