रवि लामिछानेको अर्को चमत्कार

सम्पादक
वैशाख १४, २०८०

वैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यस पार्टीका सभापति रवि लामिछानेलाई एक पटक फेरि चर्चाको शिखरमा पु¥याएको छ । ३ ठाउँमा भएको उपनिर्वाचनमा त्यस पार्टीले २ ठाउँमा सानदार जीत हासिल गरेको छ भने बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले जितेका छन् । जसपाका अध्यक्ष यादवलाई सत्तारुढ गठबन्धनको समर्थन थियो भने चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनाव लडेको थियो । चितवन–२ मा त्यसका अध्यक्ष रवि लामिछानेले कीर्तिमानी जीत हासिल गरेका छन् भने त्यही पार्टीका स्वर्णिम वाग्लेले तनहुँ १ मा फराकिलो मनान्तरले जितेका छन् । ती दुवै निर्वाचन क्षेत्रमा कांग्रेस दोस्रो र एमाले तेस्रो भएका छन् । यो पारिणमले रास्वपातिर युवाहरूको आकर्षण अरु बढाएको छ । भने पुराना पार्टीहरूलाई अब पार्टी पुरानै ढंग र शैलीमा चल्दैन भन्ने प्रष्टसन्देश दिएको छ ।

रवि लामिछानेको रास्वपा पार्टीले गत निर्वाचनमा नै तहल्का मञ्चाएको थियो । त्यस पार्टीले बिना तयारी चुनाव लड्दा पनि २० सिटमा जीत हासिल गरेको थियो । अहिले त्यसले एक सिट थप गरेको छ । सिट संख्याको हिसाबले यो ठूलो कुरा होइन तर जुन मतान्तरले यसले विजय हासिल गरेको छ । त्यो उल्लेखनीय भएको छ । नेपाली राजनीतिमा यस्तै चमत्कार देखाउन केही नेताहरूले प्रयास गरेको थिए । डा. बाबुराम भट्टराईले माओवादीबाट विभाजित भएर विकल्प दिन सक्ने पार्टी निर्माणको प्रयास गरेका थिए । त्यस्तै सञ्चारकर्मीका रुपमा नाम कमाएका रवीन्द्र मिश्रले पनि अथक प्रयास गरेका थिए । उनीहरूको सुरुआत राम्रो थियो । पछि उनीहरूले नेता र कार्यकर्ताहरूको व्यवस्थापन गर्न सकेनन् । जसले गर्दा उनीहरूको चामत्कारिता घट्दै गयो । यो सर्वविदित कुरा हो ।

रवि लामिछानेको चमत्कारिताबाट पुराना पार्टीका केही नेता र कार्यकर्ताहरू आत्तिएका छन् । तिनीहरू आफ्ना पार्टीका नेताहरूले शासन शैलीमा तुरुन्त सुधार गर्नुपर्ने, युवाहरूलाई नेतृत्व सुम्पनुपर्ने, ग्रुपिजमलाई हटाउनुपर्ने आदि सुझाव दिन थालेका छन् । वास्तवमा जनता नेताहरूको शासन शैलीबाट असन्तुष्ट छन् । नेताहरूले राजनीतिबाहेक अरु केही नहेर्ने भएबाट अरू सबै पक्ष बिग्रिएका छन्, जहाँसुकै बेथिति छ । भ्रष्टचारका ठूलाठूला कुरा उठ्छन् र ती सबै सेलाउँछन्, यस्ता कुराबाट जनता आक्रोशित भएको छन् । त्यही आक्रोशको परिणाम यो चुनाव हो । तर यसलाई कस्ले कस्तो किसिमले लिन्छन्, त्यो अहिले भन्न सकिन्न तर भोलिको व्यवहारले ती सबै देखाउने छन् । समयको प्रतीक्षा अहिलेको ठूलो कुरा हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width