युवा वैज्ञानिकलाई बधाई

सम्पादक
कार्तिक ७, २०७६

१. विगत केही वर्षदेखि हाम्रा युवाहरुले विदेशमा गएर पनि राम्रो प्रभाव पार्ने गरेका छन्। खेलको क्षेत्रमा केही युवाहरुले उल्लेखनीय काम गरेका छन्। अहिले युवा वैज्ञानिकहरुले पनि उल्लेखनीय काम गरेका र विदेशमा भएको प्रतिस्पर्धामा पनि पदक जितेर नेपालको नाम राख्न सफल हुनु हामी सबैका लागि गौरवको विषय हो।

२. हालै रुसमा भएको एशिया–प्यासिफिक यो· साइन्टिस्ट कन्फ्रेन्समा नेपाली युवा वैज्ञानिक स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन्। २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै गोल्ड मेडल जित्ने प्रधान काठमाडौंको साउथ वेस्टर्न स्टेट कलेजका विद्यार्थी हुन्। नेपालबाट ९ जना सहभागी भएकामध्ये अन्य दुईजना दीक्षा सञ्जेल र ऋषिकुमार गुप्ताले पनि बाउञ्ज मेडल जितेका छन्।

३. प्रथम हुने प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी र हाइ स्पीड ट्रान्समिशन एण्ड डाटा एनालिसिस विषयमा आफ्नो प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिलाई धेरैले प्रशंसा गरेका थिए। त्यस्तै दीक्षा सञ्जेल र गुप्ताको प्रस्तुति पनि उल्लेखनीय रहेकोले पुरस्कृत भएको जनाइएको छ। उनीहरुलाई त्यहाँ नेपाल पोलिभर इन्स्टिच्यूटले पठाएको थियो।

४. नेपालमा विज्ञान त्यत्ति महत्वको क्षेत्र मानिँदैन। बोलीचालीमा विज्ञानको नाम त खुब लिने गरिन्छ। तर सरकारी बजेट आदि हेर्दा यो क्षेत्रले महत्व नै नपाएको प्रष्ट देखिन्छ। विज्ञानको क्षेत्रमा लाग्ने युवाहरुले नयाँ–नयाँ कुरा बनाएका छन्। तर उनीहरुलाई सरकारको तर्फबाट प्रोत्साहित गर्ने काम हुँदैन।

५. युवा वैज्ञानिक महावीर पुनले देशमा केही गर्नका लागि सरकारबाट धेरै अपेक्षा राखेर प्रतीक्षा गरे। ठोस सहयोग नपाएपछि उनले पाएका पुरस्कार नै बेचेर राष्ट्रिय अनुसन्धान केन्द्र बनाउन खोजे। तैपनि हाम्रो सरकारको ध्यान त्यतातिर गएन। अहिले बल्ल त्रिभुवन विश्वविद्यालयको परिसरमा उनले त्यो संस्था खोलेका छन्।

६. विज्ञानको प्रभाव सम्बन्धमा सबै परिचित छन्। विज्ञानका विरोधीहरुले पनि, विज्ञानले नाश गर्दछ र विज्ञान खराब छ भन्नेहरुले पनि आफ्नो काम कुरा सिद्ध गर्न, राम्रो छ भन्न विज्ञानलाई साक्षी राख्ने गरेका छन्। धार्मिक व्यक्तिहरुले पनि अहिले आफ्नो प्रचार प्रसारमा विज्ञानको सहारा लिने गरेका छन्।

७. यो युग नै वैज्ञानिक युग हो। विज्ञानको सहाराविना कसैको उन्नति र प्रगति हुन सक्दैन। यसलाई महसुस गरेर हाम्रा युवा वैज्ञानिकहरुले आफ्नो सिर्जनात्मक प्रतिभा आफ्नो सीमित साधन र स्रोतबाट प्रस्फुरण गरी जे जति उल्लेखनीय कार्य गरेका छन्, त्यो ठूलो कुरा हो। हामी ती युवा वैज्ञानिकहरुको कामको उच्च मूल्यांकन गरी उनीहरुलाई बधाई ज्ञापन गरी अरु उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width