यातायात सञ्चालन

सम्पादक
असाेज १, २०७७

१. झण्डै ६ महिना अघिदेखि रोकिएको हवाई उडान र लामो दूरीका यातायात आजदेखि सञ्चालन हुँदैछन् । कोरोना भाइरसको संक्रमणका कारण सरकारले चैत्र ११ बाट देशभर लकषउन गरेपछि यातायात सेवा बन्द रहेको थियो । यसबीचमा स्थानीय क्षेत्रमा निश्चित मापदण्ड अपनाई साना सवारी साधान सञ्चालन भएपनि लामोदूरीका सार्वजनकि यातायात सञ्चालन भएको थिएन ।

२. सार्वजनिक यातायात सञ्चालन नहूँदा सर्वसाधरणले ठूलो कठिनाई भोग्नु परेको थियो । यातायातका साधन नचल्दा जनजिविका चलाउन मुस्किल भयो । व्यापार व्यवसाय, उद्योग धन्दा समेतमा असर प¥यो । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गर्दा कोरोना संक्रमणि बढिरहेका कारण सरकारले फुकुवा गर्न सकेन ।

३. अहिले पनि कोरोना संक्रमण बढिरहेको छ । बन्द गरिरहँदा अर्थतन्त्रमा ठूलो असर परिरहेको र मानिसहरु रोगले भन्द भोकले बढि मर्ने अवस्था देखियो । निशेधाज्ञा जारी राखिरहँदा झन् धेरै समस्याहरु थपनो आशंका भयो । यस अवस्थामा कोरोना संक्रमणबाट बच्न आवश्यक स्वास्थय सुरक्षाका उपायहरुको अवलम्बन गरी जनजिविकाका लागि अग्रसर हुनुको विकल्प रहेन ।

४. सरकारले स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखि रोकेको आवागमन अब खुला हुने भएको छ । तर स्वास्थ्यका आवश्यक मापदण्ड पुरा गर्नुपर्दछ । सवारी चालक, सहचालकले आनिवार्यरुपमा मास्क, पञ्जा लगाउनुपर्ने र सवारी साधनलाई पनि निर्मलीकरण गर्नुपर्नेछ । यसैगरी गाडीको एक लहर सीटमा एकजना मात्र बस्न पाउने र यात्रीले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइने र ५० प्रतिशत बढीसम्म भाडा लिन सकिने सरकारले जनाएको छ । यसैगरी हवाई यात्रामा पनि विदेशबाट आउने यात्रुले ७२ घण्टा अघि पिसिआर रिपोर्ट नेगेटिभ आएको अनिवार्य प्रमाण हुनुपर्ने व्यवस्था गरिएको छ ।

५. कोरोना संक्रमणबीच भएको यातायातको सहजतालाई सचेत पूर्वक नै उपयोग गर्नुपर्दछ । स्वास्थ्य सुरक्ष्ाँका उपायहरु अबलम्बन नगरी लापरवाही गरियो भने संक्रमण बढ्दा फेरी बन्द गर्नुपर्ने अवस्था पनि हुन सक्छ । त्यस्तो नहोस् र हामी हरकेले जिम्मेवार भएर आफू पनि बाँच्नु र अरुलाई पनि बचाउनु पर्छ भन्ने कुरालाई सदा मनमा राखेर काम ग¥यौ भने कोरोना संकट सहजै पार लाउन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width