१. शीर्ष नेताहरूको जिल्ला आगमनले निर्वाचन आएको अनुभूत गराएको छ। केही दिन पहिले मात्र नेपाली काङ्ग्रेसका शीर्ष तीनजना नेता पोखरा आएका थिए भने अहिले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह यहाँ आएका छन्। उनले आफूलाई अर्धभूमिगत अवस्थामा रहेको भन्दै सीमित पत्रकारहरूसँग राजनीतिको समसामयिक विषयमा आफ्नो विचार व्यक्त गरेका छन्।
२. महामन्त्री सिंहले गलत प्रक्रियाबाट प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिएकोमा त्यसलाई राष्ट्रघाती भन्दै त्यसको आलोचना गरे। तर उनले सरकारप्रति आफ्नो पूर्व विरोध रहे पनि मुलुकको भविष्यसँग जोडिएको संविधानसभाको निर्वाचनप्रति सकारात्मक रहेको बताए। उनले आफ्नो पार्टीनिर्वाचनमा सहभागी हुने रहस्योद्घाटन पनि गरे।
३. केही समय पहिले नेकपा (मसाल) नेकपा-माओवादीसँग मिलेर सरकारको विरोधमा सामेल भएको थियो। तर जब नेकपा-माओवादीले निर्वाचनलाई अवरोध गर्ने निर्णय गर्यो। त्यसबेलादेखि मसाल सरकारविरुद्धको आन्दोलनमा नेकपा-माओवादीसँग अलग रहेको उनले बताए। उनले नेकपा-माओवादी निर्वाचनप्रति सकारात्मक नबनेसम्म मिलेर जान नसक्ने प्रष्ट्याए।
४. अर्धभूमिगत रहेका नेताबाट सधैँ आन्दोलन र क्रान्तिको जोसिलो कुरा सुन्दै आएका पत्रकारहरू यसपटक उनको विचार उनको उमेरझैं खारिएका र व्यवहारिक भएको अनुभव गरे। साथै यो चुनावमा मधेस, जातीय र क्षेत्रीय मुद्दाले निर्वाचनमा गम्भीर समस्या निम्त्याउने र खतरनाक हुने भविष्यवाणी पनि गरे। उनले राष्ट्रियताको सवालमा जनता सचेत बन्नु आवश्यक भएको पनि बताएका छन्।
५. देशमा सङ्घीयताको मुद्दाले बढी चर्चा पाइरहेको अवस्थामा वयोवृद्ध नेता सिंहले सङ्घीयताको विषयलाई मुलुकमा जातीय र क्षेत्रीय व्रि्रहको अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। साथै उनले एकीकृत नेकपा-माओवादी मुलुकप्रति जिम्मेवार नभएको आरोप पनि लगाएका छन्। उनले एनेकपा माओवादीका कारण धेरै समस्या आएको बताए।
६. उनले नेकपा-माओवादीले निर्वाचन बिथोल्ने रणनीति बनाएकोप्रति चिन्ता व्यक्त गर्दै सानो कुरामा चित्त बुझेन भनेर ठूलो कुरा बिगार्नु, भत्काउनु, बुद्धिमानी हुँदैन भन्ने विचार व्यक्त गरे। संविधानसभाको चुनाव बिथोलियो भने देशको स्थिति कस्तो होला भन्ने भइरहेको बेलामा वयोवृद्ध कम्युनिष्ट नेताको त्यस्तो भनाइ आएको छ।
७. निश्चय नै प्रधानन्यायाधीश रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रिपरिषद् निर्माण गरिएकोमा धेरैको चित्त बुझेको छैन। सबै कुरा आफैले भनेझैं हुनुपर्दछ भन्नु पनि भएन। सहमति गरेर अघि बढ्नुपर्ने बेलामा व्यवहारिक पनि हुनुपर्दछ। कोरा सिद्धान्त र अडानले सहमति हुँदैन। विकल्प खोज्नुपर्दछ र अर्काको विचारको कदर पनि गर्नुपर्दछ। चित्त नबुझेको कुरामा आयन्दा यस्तो नहोस् भन्दै हामीले निश्पक्ष चुनावमा जोड दिनु आजको आवश्यकता। हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१