१. पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसरर्र्फर्लाई अदालतले पक्राउ आदेश दिएपछि नेपालमा त्यसको थरिथरिका प्रतिक्रिया व्यक्त भइरहेका छन्। केहीले अदालतले चुनावको मुखमा आएर त्यसरी पक्राउ आदेश दिन नहुने बताउँदैछन् भने कतिपयले त अदालत पनि पूर्वग्रही भएको आशड्ढा व्यक्त गरेका छन्। अदालतले उनलाई उनी राष्ट्रपति छँदा करिब ६ वर्ष पहिले अदालतका न्यायाधीशलाई बर्खास्त गरेको आरोप लगाएको छ।
२. पाकिस्तानको अदालतले राजनीतिक नेताहरूमाथि कडा-कडा सजायँ सुनाउने गरेको छ। त्यहाँका लोकप्रिय नेता जुल्फीकर अलि भुट्टोलाई फाँसीको सजायँ सुनाइएको थियो। उनको त्यो फाँसीको विरोधमा दक्षिण एसियामै तीव्र प्रतिक्रिया उत्पन्न ल्याएको थियो। नेपालमा पञ्चायतको विरोध गर्नेहरूलाई त्यसले खुराक प्रदान गरेको थियो।
३. पाकिस्तानमा बराबर सैनिक शासकहरूले सत्ता हत्याउने गरेकाले त्यहाँको राजनीतिले अन्य लोकतान्त्रिक मुलुकमा झैं स्थायित्व पाउन अझै मुस्किल परिरहेको छ। निर्वाचित सरकारले चुनावको घोषणा गरेको छ। आगामी महिना त्यहाँ चुनाव हुन गइरहेको छ। त्यही चुनावमा भाग लिन लामो समयदेखि निर्वासनमा रहेका मुसरर्र्फ स्वदेश फर्केका हुन्।
४. आफ्नो राष्ट्रपतीय शासनकालमा मुसरर्र्फले केही क्षेत्रमा नाम कमाएका थिए। नेपालमा भएको सार्क शिखर सम्मेलनमा आफूसँग बोल्न गाह्रो मान्ने भारतका तत्कालीन प्रधानमन्त्री अटल विहारी वाजपेयीसँग हात मिलाएर उनी चर्चित भएका थिए। सञ्चार माध्यमहरूले त्यो घटनालाई ठूलो महत्त्व दिएर प्रचार-प्रसार गरेका थिए।
५. निर्वाचन गराएर नागरिक सरकार गठन भएपछि उनी स्वनिर्वासनमा बाहिर बसेका थिए। उनीमाथि अरु पनि आरोप लगाइएका छन्। केही आरोप अदालतमा विचाराधीन छन्। त्यहाँको अदालतले बराबर आफ्नो देखाउने गरेको छ। अदालतको फैसलाको कार्यान्वयन गरेन भनी अदालतले प्रधानमन्त्रीलाई अयोग्य घोषणा गरेको थियो।
६. हामीकहाँ अदालतले ज्यान मुद्दामा हराएका व्यक्तिलाई पार्टीर सरकारले संरक्षण गर्दछ। माननीय भएर संविधानसभाको बैठकमा भाग लिने गरेको सर्वविदित छ। न्यायाधीशको मापदण्डले नेपाल र पाकिस्तानका त्यस्ता घटनाको तुलना गरी मूल्याड्ढन गर्दा हामी त्यस क्षेत्रमा धेरै पछि छौं कि भन्ने लाग्दछ।
७. तर न्याय निसाफको कुरा हो। आज दबाएर सधैँ दबिरहन्छ भनी सोच्नु पनि हुँदैन। त्यसरी दबाउनु सत्ता र शक्तिको दुरूपयोग हो। त्यसरी सत्ता र शक्तिको दुरूपयोग गर्नेहरूले मुसरर्र्फको कारबाहीलाई सम्झनुपर्दछ। ‘डेमोल्किजको तरबार’ कुनै पनि बेला खस्न सक्छ भन्ने सोच्नुपर्दछ। अदालतको बेवास्ता गर्ने, मानहानी गर्ने, सत्ताको दुरूपयोग गर्ने, मानव अधिकार हनन गर्नेहरूलाई आज कारबाही नभए भोलि हुन सक्छ र यहाँ नभए अन्त हुन सक्छ। ख्याल गर्नुपर्ने कुरा यो हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१