मुसरर्र्फ पक्राउ

सम्पादक
वैशाख ८, २०७०

१. पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसरर्र्फर्लाई अदालतले पक्राउ आदेश दिएपछि नेपालमा त्यसको थरिथरिका प्रतिक्रिया व्यक्त भइरहेका छन्। केहीले अदालतले चुनावको मुखमा आएर त्यसरी पक्राउ आदेश दिन नहुने बताउँदैछन् भने कतिपयले त अदालत पनि पूर्वग्रही भएको आशड्ढा व्यक्त गरेका छन्। अदालतले उनलाई उनी राष्ट्रपति छँदा करिब ६ वर्ष पहिले अदालतका न्यायाधीशलाई बर्खास्त गरेको आरोप लगाएको छ।

२. पाकिस्तानको अदालतले राजनीतिक नेताहरूमाथि कडा-कडा सजायँ सुनाउने गरेको छ। त्यहाँका लोकप्रिय नेता जुल्फीकर अलि भुट्टोलाई फाँसीको सजायँ सुनाइएको थियो। उनको त्यो फाँसीको विरोधमा दक्षिण एसियामै तीव्र प्रतिक्रिया उत्पन्न ल्याएको थियो। नेपालमा पञ्चायतको विरोध गर्नेहरूलाई त्यसले खुराक प्रदान गरेको थियो।

३.     पाकिस्तानमा बराबर सैनिक शासकहरूले सत्ता हत्याउने गरेकाले त्यहाँको राजनीतिले अन्य लोकतान्त्रिक मुलुकमा झैं स्थायित्व पाउन अझै मुस्किल परिरहेको छ। निर्वाचित सरकारले चुनावको घोषणा गरेको छ। आगामी महिना त्यहाँ चुनाव हुन गइरहेको छ। त्यही चुनावमा भाग लिन लामो समयदेखि निर्वासनमा रहेका मुसरर्र्फ स्वदेश फर्केका हुन्।

४. आफ्नो राष्ट्रपतीय शासनकालमा मुसरर्र्फले केही क्षेत्रमा नाम कमाएका थिए। नेपालमा भएको सार्क शिखर सम्मेलनमा आफूसँग बोल्न गाह्रो मान्ने भारतका तत्कालीन प्रधानमन्त्री अटल विहारी वाजपेयीसँग हात मिलाएर उनी चर्चित भएका थिए। सञ्चार माध्यमहरूले त्यो घटनालाई ठूलो महत्त्व दिएर प्रचार-प्रसार गरेका थिए।

५. निर्वाचन गराएर नागरिक सरकार गठन भएपछि उनी स्वनिर्वासनमा बाहिर बसेका थिए। उनीमाथि अरु पनि आरोप लगाइएका छन्। केही आरोप अदालतमा विचाराधीन छन्। त्यहाँको अदालतले बराबर आफ्नो देखाउने गरेको छ। अदालतको फैसलाको कार्यान्वयन गरेन भनी अदालतले प्रधानमन्त्रीलाई अयोग्य घोषणा गरेको थियो।

६.     हामीकहाँ अदालतले ज्यान मुद्दामा हराएका व्यक्तिलाई पार्टीर सरकारले संरक्षण गर्दछ। माननीय भएर संविधानसभाको बैठकमा भाग लिने गरेको सर्वविदित छ। न्यायाधीशको मापदण्डले नेपाल र पाकिस्तानका त्यस्ता घटनाको तुलना गरी मूल्याड्ढन गर्दा हामी त्यस क्षेत्रमा धेरै पछि छौं कि भन्ने लाग्दछ।

७. तर न्याय निसाफको कुरा हो। आज दबाएर सधैँ दबिरहन्छ भनी सोच्नु पनि हुँदैन। त्यसरी दबाउनु सत्ता र शक्तिको दुरूपयोग हो। त्यसरी सत्ता र शक्तिको दुरूपयोग गर्नेहरूले मुसरर्र्फको कारबाहीलाई सम्झनुपर्दछ। ‘डेमोल्किजको तरबार’ कुनै पनि बेला खस्न सक्छ भन्ने सोच्नुपर्दछ। अदालतको बेवास्ता गर्ने, मानहानी गर्ने, सत्ताको दुरूपयोग गर्ने, मानव अधिकार हनन गर्नेहरूलाई आज कारबाही नभए भोलि हुन सक्छ र यहाँ नभए अन्त हुन सक्छ। ख्याल गर्नुपर्ने कुरा यो हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width