मामाको धन फुपुको श्राद्ध भन्ने पुरानो नेपाली उखान हो । कुनै बेला यो उखान ज्यादै प्रचलित थियो । कहीं कतै घटनाक्रम यसो मिल्दोजुल्दो भयो भने मानिसहरु यो उखान भन्ने गर्दथे । यसले व्यक्तिमा रहेको स्वार्थी भावनालाई पनि लक्षित गर्ने गर्दथ्यो । स्वार्थी मानिसको उपहास गर्नुप¥यो भने पनि यसको प्रयोग गर्ने गर्दथ्यो । तर समय बितेअनुसार यसको प्रयोग हराउँदै गएको थियो । चलनचल्तीमा नआएपछि मानिसहरुले यस्तो पनि हुन्छ र भनेर यसप्रति संशय व्यक्त गर्न थालेका थिए । तर यसैबीच हाम्रो समाजमा फेरि मामाको धन फुपूको श्राद्ध गर्नेहरु देखापरेका छन् । एक जना होइन, धेरै त्यस्तै त्यस्ता देखिन थालेपछि यो उखानको प्रयोग बढेको छ । यसको प्रयोग यत्ति धेरै बढेपछि संशय गर्नेहरु अप्ठ्यारेमा छन् । तिनीहरुलाई मानिसहरु चित्त नबुझे गण्डकी प्रदेश सरकारको बजेटको अध्ययन गर्न चुनौती दिएका छन् ।
यसपटक गण्डकी प्रदेश सरकारको बजेट सम्बन्धमा अनेक–अनेक भए । सरकारका अर्थमन्त्री रामजी बरालले निर्धारित समयमा बजेट पेस गरे । तर उनले पेस गरेको बजेटमा नियमित छलफल भएन । सरकारी पक्षले नै संसदको बैठक अवरुद्ध गरेर छलफल हुनै दिएनन् । मुख्यमन्त्री कष्णचन्द्र नेपाली र अर्थमन्त्री बरालका बीच बजेट विनियोजनबारे मतभेद भएको कुरा पनि बाहिर आयो । मन्त्रीहरु आफ्नो मन्त्रालयको बजेट काटिएकोमा रुष्ट भए । कोही सांसद विकास कोष काटिएकोमा क्रुद्ध भएका थिए । २० दिनसम्म संसदको बैठक अवरुद्ध भएपछि तिनीहरुबीच भित्र–भित्रै सहमति गर्यो । सहमति पश्चात्को बजेट कस्तो होला भनेर नियाली रहेकाहरुले अकस्मात अनुहार बिगारे । तिनीहरुले किन मुख बिगारे भनी हेर्दा सरकारी बजेटलाई त पहँुचवाला नेताहरुले मामाको धन फुपूको श्राद्ध जस्तै गरेका रहेछन् ।
बजेट निर्माणको बेला आफ्नो क्षेत्रको विकास निर्माणका लागि तनातान गर्नु स्वाभाविक मानिन्छ । तर यो बजेटमा विकास निर्माणका लागि के कति तानातान भयो, त्यसको छुट्टै कथा छ । तर बजेटमा मुख्यमन्त्री, मन्त्री र सभासदहरुले आफ्ना माता, पिताको नाममा, दिवंगत पतिको नाममा पार्क बनाउने, स्मृति भवन बनाउने, छात्रवृत्ति राख्ने नाममा थुप्रै बजेट विनियोजन गरिएको छ । आफ्ना दर्जनौं दिवंगतहरुको नाममा सरकारी खर्चमा पार्क, प्रतिमा, छात्रवृृत्ति आदि बनाउनु ती पहुँचवाला नेताहरुका लागि ठूलो अवसर हो, उपलब्धि हो तर सर्वसाधारणका लागि नेताहरुको त्यो कर्म मामाको धन फुपूको श्राद्ध हो । आफ्ना दिवंगतहरुको नाम, स्मृतिमा केही बनाउनुलाई हामी नराम्रो मान्दैनौं । तर सरकारी खर्चमा श्राद्ध गर्नु कदापि उचित होइन । यसमा ती नेताहरुले विवेक सम्मत किसिमले सोच्नुपर्दछ र आफ्नो स्वार्थको लागि सरकारी खर्च गर्ने काममा पुनर्विचार गर्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१