मानव सभ्यतामाथिको प्रहार

सम्पादक
वैशाख १०, २०७६

१. मानिसको मस्तिष्कलाई कुमालेको हातको काँचो माटो पनि भन्ने गरिन्छ। कुमालेले हातको माटोलाई कुनै पनि आकार प्रकारमा परिणत गर्न सक्छ। अनेक किसिमको उपयोगी भाँडावर्तन बनाउन सक्छ। त्यस्तै गरेर हाम्रा समाजका पथप्रदर्शकहरुले पनि मानिसको मस्तिष्कलाई नकरात्मक र सकरात्मक सोचको बनाउन सक्छन्, हत्या हिंसाबाट टाढा राखी अहिंसावादी बनाउन पनि सक्छन भने काट्नै पर्दछ, मार्नै पर्दछ र आतड्ढ फैलाउनै पर्दछ भन्ने आतड्ढवादी बनाउन पनि सक्छन्।

२. ती दुवै विचार धारा हाम्रो समाजमा छन् र उनीहरुले त्यो विचार धाराका प्रयोग र परीक्षण गर्दै आएका पनि छन्। त्यसले गर्दा कुन विचार धारा ठीक हो र कुन विचार धारा बेठीक भन्ने विवाद समाजमा चर्किरहेको छ। त्यसो भएकाले सर्वसाधारण अन्योलमा छन्। तैपनि मान्छेले मान्छे मार्नु, मान्छेले मान्छेको हत्या गर्नु कदापि उचित होइन।

३. श्रीलंकामा भएको दिनभरको विस्फोट र विस्फोटबाट २०० भन्दा बढीको असामयिक मृत्यु र ५०० भन्दा बढी घाइते भएको आतड्ढकारी घटनाले त्यो कुरा सिद्ध गरेको छ। हत्या, आतड्ढको वकालत गर्ने मानिस पनि हत्या, आतड्ढकमा बाँच्न सक्दैन। अरुलाई मार्नु पर्दछ भन्नेहरु पनिआफूलाई मार्न आए डराउँछन र चर्चित हुन्छन्।

४. श्रीलङ्का फेरि त्यो देश हो, जहाँ २४०० वर्षदेखि अहिंसावादी बुद्धधर्म निरन्तर रहिआएको छ। त्यस्तो देशमा पनि २६ वर्ष गृहयुद्धभयो। लाखौं मानिस मारिए। भिक्षु भेषधारणा गरेर हत्यागर्ने पनि देखा परे। त्यहाँ त्यस्तो हुनु ज्यादै विडम्बनाको कुरा हो, तैपनि त्यस्तो भयो र अहिले फेरि ठूलो आतड्ढकारी घटना भएको छ।

५. अहिलेको आतड्ढकारी घटना त्यहाँका ठूला चर्चहरुमा र ठूला होटलहरुमा भएका छन्। त्यो घटना कसले गरे। त्यसको जिम्मा कसैले लिएको छैन। तर यो निश्चय छ कि त्यो कट्टर धार्मिक अतिवादीहरुले गरेका हुन्। त्यो उनीहरुको कायरता हो र मानव सभ्यतामाथि नै गरिएको प्रहार हो, कलड्ढ हो।

६. भगवान बुद्धले मानिसको हत्या, हिंसा मात्र होइन, प्राणी हिंसा नै वर्जित गरेको छ। उनको शिक्षालाई नराम्रो भन्ने छैनन्। सबैले राम्रो भन्छन्। तर त्यो शिक्षा ग्रहण गर्न मानिसहरु हिच्किचाउने गर्दछन्। जसको कारण मानिसहरु मानिस मार्न उद्यत हुन्छन् र आत्मघाती विस्फोटक पदार्थ बोकेर निदेर्शित ठाउँमा जान तैयार हुन्छन्।

७. श्रीलड्ढा सरकारले तमिल आतड्ढकारीहरुलाई दबाए पछि त्यहाँको गृह युद्ध सिद्धिएको थियो। अपेक्षाकृत शान्ति स्थापना भएको थियो। नागरिकको जनजीवन आफ्नो पूर्ववत् लयमा फकेर्को थियो। अहिलेको विस्फोटले एउटा भयभीत वातावरण सिर्जना गरेको छ। विश्वले नै त्यसको निन्दा गरेको छ। त्यसको जति निन्दा भत्र्सना गरे पनि थोरै हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width