मानव अधिकार संकुचित गर्ने प्रयास

सम्पादक
वैशाख १९, २०७६

१. संचार क्षेत्रमा कार्यरत संचार कर्मीहरुले संविधान प्रदत्त आफ्नो हक अधिकार सरकारले कुण्ठित गर्यो भनेर कराइरहेका छन्। सानो आरोपमा पनि संचारकर्मीहरुलाई हथकडी लगाएरै पक्राउ गरेपछि संचार क्षेत्र संवेदनशील भएको छ। नेपाल पत्रकार महासंघले त्यसको लागि दौंडधूप गरिरहेको छ।

२. संचार क्षेत्र त्यसरी कराइ रहेको बेला उता मानवअधिकारवादीहरुले पनि सरकारले मानवअधिकारको क्षेत्र र अधिकार संकुचित पार्ने गरी सरकारले ल्याउन लागेको विधेयक मस्यौदाप्रति असन्तोष व्यक्त गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगसमेतले सरकारको काममा चिन्ता व्यक्त गरेको छ।

३. राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले दर्ता गरेकै विधेयक संसदबाट पारित भएमा नेपालको प्रतिष्ठामा समेत आँच आउँने छ भन्दै त्यस्तो विधेयक पेश नगर्न आग्रह गरे। उनले त्यो विधेयक पारित भएमा नेपालको गे्रडि· घटुवा हुने चेतावनी पनि दिए।

४. सामान्यतया जुन विधेयक पारित गर्ने हो, त्यसबारे सरकारले सम्बन्धित पक्षको राय सल्लाह लिने गर्दछ। तर अहिले दुई तिहाई बुहमतको सरकार बनेपछि त्यस्ता सम्बन्धित पक्षलाई नै वेवास्ता गरेर सरकार अघिबढ्न खोज्दैछ। दुई तिहाईको कम्यूनिष्ट सरकारले के गर्न लागेको भनी बुद्धिजीवीहरुले प्रश्न सोध्न थालेका छन्।

५. सरकारको काम पारदर्शी हुनुपनेर्मा त्यो पारदर्शिर्ताको अभाव पनि खट्कँदै गएको छ। सरकार सशक्त बन्दै जाने अन्य सवै पक्षलाई कमजोर पार्ने प्रवृत्ति बढेको देखिएको छ। यस्तो प्रवृत्तिले लोकतान्त्रिक संरचनालाई कमजोर पार्दै अन्ततःलोकतान्त्रिक परिपाटी आफै विघटन हुने सम्भावना हुन्छ।

६. राष्ट्रिय मानवअधिकार आयोग एउटा महत्वपूर्ण अंगहो। त्यसले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। त्यसको सशक्ततामा लोकतन्त्र प्रतिष्ठित हुन्छ। त्यसको सक्रियताले गर्दा बाह्य देश र संस्थाहरुले नेपाललाई सकारात्मक दृष्टिले हेरिरहेका छन् र त्यसैले गर्दा पनि नेपाल अहिलेसम्म “ए” ग्रेडमा परिरहेकेा छ।

७. “ए ग्रेड”मा पर्नु लोकतान्त्रिक दृष्टिले या भनौँ मानवाधिकारको दृष्टिले महत्वपूर्ण कुरा हो। त्यस्तो महत्वपूर्ण उपलब्धि हासिल भईरहेको बेला त्यसलाई चलाउँदा अर्थात् त्यसको कार्यक्षेत्र र अधिकार संकुचित गर्दा त्यसको परिणाम नराम्रो हनु सक्छ। त्यस्तो नराम्रो हुने काम नगर्न हामी सरकारलाई आग्रह गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width