मातृभाषा कविता महोत्सव

सम्पादक
फागुन १४, २०६९

१. अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सर्न्दर्भ पारेर शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा पश्चिमाञ्चलस्तरीय मातृभाषा कविता महोत्सव-२०६९ सम्पन्न भयो। यसअघि सधैँ एउटै भाषाका कविता श्रवण गरिरहेका श्रोताहरूले त्यस दिन विभिन्न स्वाद र शैलीमा विभिन्न मातृभाषाका कविता श्रवण गरेका थिए।

२. नेपाली आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीको आयोजना तथा मगर भाषा प्रतिष्ठान कास्की शाखाको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रममा ११ भाषाका डेढ दर्जनभन्दा बढी कविकवयित्रीले आ-आफ्नै मातृभाषाका कविता वाचन गरेका थिए भने त्यसरी कविता वाचन गर्नेहरूले सबैले बुझेनन् भनेर नेपालीमा अनुवाद पनि गरेका थिए।

३. आ-आफ्नो मातृभाषामा कविता वाचन गर्नेहरूमा मगर भाषामा रिमबहादुर रानामगर, रुद्रबहादुर हिटानमगर र अमृता थापामगर, गुरुङ भाषामा तेजबहादुर चहाक्ली तमु, देवीजंग तमु र ले. थमबहादुर तमु, तामाङ भाषामा वीरेन्द्र तामाङ, नेपाल भाषामा उदयबहादुर अमात्य, लिम्बु भाषामा गजेन्द्र लिम्बु र कुमाल भाषामा देवेन्द्र कुमाल थिए।

४. त्यस्तै थकाली भाषामा अम्बर तुलाचन, अशोक शेरचन, धु्रवकुमार भट्टचन र ज्योति भट्टचन, दरै भाषामा कृष्ण थापामगर ‘मीगीन’, मुसलमान समुदायले बोल्ने फारसी भाषामा हनिफ मियाँ र नेपाली भाषामा घनश्याम शर्मा रेग्मी र स्मृति ओझाले कविता वाचन गरेका थिए। कविकवयित्रीले श्रोताहरूलाई नयाँ स्वाद र सन्तुष्टि दिएका थिए।

५. पहिले राज्यले एक भाषा र एक धर्मको नीति अख्तियार गरेको बेला जनजाति आदिवासीहरूको भाषा लोप हुँदै भएको थियो। २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली भएपछि आदिवासी जनजातिका स·ठनहरू स्थापना हुन थालेपछि जनजाति आदिवासीहरूले आफ्नो धर्म, संस्कार, संस्कृति र भाषाको जगेर्ना गर्नुपर्दछ भनेर केही प्रयास गरेका छन्। शनिबारको कविता महोत्सव त्यसैको एक प्रयास हो।

६. राज्यले अझ पनि यी आदिवासी जनजातिका भाषाको उत्थानमा अपेक्षित सहयोग गरेको छैन। नीति निर्धारण तहा बसेकाहरूले आफ्नो पुरानो दृष्टिकोण परिवर्तन गरेका छैनन्। जसको कारण आदिवासी जनजातिहरू अझ पनि कराउनुपरिरहेको छ। सङ्र्घर्ष गर्नुपरिरहेको छ। राज्यको सहयोगबिना आफ्नो काम आफै गरिरहनुपरेको छ।

७. हाम्रो देशको यो विशेषता छ कि हामीकहाँ धेरै भाषा छन् तर पनि तिनीहरूमध्ये धेरै लोपोन्मुख अवस्थामा पुगेका छन्। लोपोन्मुख भाषालाई लोप हुन नदिनु हाम्रो कर्तव्य हो। मातृभाषालाई लोप हुन नदिनु व्यवहारमा त्यो भाषामा बोल्ने गर्नु पनि हो। युवायुवतीहरू आफ्नो मातृभाषामा बोल्न हिचकिचाउने गर्दा त्यसले नराम्रो असर पारेको छ। आ-आफ्नो समुदायले आफ्नो मातृभाषामा बोल्नु आवश्यक छ। सबैले त्यो आवश्यकता महसुस गरी आ-आफ्ना मातृभाषामा बोल्ने बानी गर्‍यो भने मातृभाषाको जगेर्ना हुन सक्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width