महानिरीक्षक ज्ञवाली

सम्पादक
फागुन २, २०७६

१. नेपाल प्रहरी नायब निरीक्षक (डीआइजी) ठाकुरप्रसाल ज्ञवाली बढुवा भएर नेपाल प्रहरीको महानिरीक्षक(आइजीपी) भएका छन् । गत मंगलवार वसेको मन्त्रीपरिषदको बैठकले उनलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो । महा निरीक्षक सर्वेन्द्र खनाल अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा ज्ञवालीलाई नियुक्ति गरिएको हो ।
२. महानिरीक्षक ज्ञवाली २०४७ सालमा निरीक्षक भएर प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०५८ सालमा डिएस्पी, ०६६ सालमा एसपी, ०७३ सालमा एस एस पी, भएर २०७५ मा डिआइजी मा बढुवा भएका थिए । उनी डिआइजी बाट सोझै आइजीपी हुने अवसर पाउने भाग्यमानी भएका छन् ।
३. महानिरीक्षक ज्ञवाली सोझो र इमान्दार मानिन्छन् । उनी आफनो कत्र्तव्य पालनमा दत्तचित्त भएर लाग्छन् । उनी विवादमा त्यसरी मुछिएका पनि छैनन् र चेन अफ कमान कसरी सम्हाल्ने भन्नेमा राम्रो ज्ञान राख्दछन् । अनुसन्धानको क्षेत्रमा पनि उनी कुशल मानिन्छन् ।
४. यस पटक प्रहरी संगठनमा केही कमी कमजोरी देखिने संभावना छ । यस पटक ३ एआइजी सहित १८ जना आइजीपी हरुले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका छन् । एक साथ यति धेरै अधिकृतहरुको अवकाशले संगठनमा अनुभवी अधिकृतहरुको अभाव खट्किने संभावना देखिन्छ । संगठन भित्र यो ठूलो चुनौती हो ।
५. चुनौती संगठन भित्र मात्र होइन,बाहिर पनि छन् । प्रहरी अध्ययन अनु्सन्धानले ठम्याउन नसकेका केसहरु छन् । जसले प्रहरीको क्षमता माथि औँला ठड्याउने गरेका छन् । ती केसहरुमा नया महानिरीक्षक ज्ञवालीले के कसरी ह्याण्डल गर्दछन् त्यो सवैको चासोको विषय भएको छ ।
६. ३३ किलो सुनकाण्डको रहस्य अझै पनि रहस्यमय नै छ । त्यो सुन कहाँ गयो भन्ने एक पहेलीको रुपमा रहेको छ । बलात्कार पछि हत्या गरिएको निर्मला पन्त प्रकरण पनि ताजै छ । त्यस्तै अन्य विवादास्पद केसहरु थुप्रै छन् । जसले सिँगो प्रहरी संगठनलाई नै अप्ठ्यारोमा पारेका छन् ।
७ . तिनीहरुको गुत्थी सुल्झाउनु आवश्यक छ । नव नियुक्त महानिरीक्षक ज्ञवालीले ती विवादास्पद प्रकरणहरुलाई के कति तत्परताका साथ लिन्छन्, त्यो चासो र जिज्ञासाको विषय भएको छ । प्रहरी संगठनलाई चुस्त । स्फूर्तिलो बनाएर ती गुत्थी सुल्झाए भने संगठनको प्रतिष्ठा उच्च हुन सक्छ । हामी नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको पदोन्नतिका लागि बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width