१. सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर अघिबढिरहेको छ। सरकारको यो नारालाई कसैले नराम्रो भनेको छैन। विगतमा झैं यसमा पनि जनताले साथ दिइरहेका छन् र सहयोग गरिरहेका छन्। सरकार त्यसबारे प्रोत्साहित पनि भएको छ।
२. तर सुखी र समृद्धिको राजमार्गबाट गमन गर्दा बाटामा के कस्ता बाधा अवरोध आएकाछन्, त्यसलाई पनि सरकारले नियाल्नु पर्दछ र समस्याको तुरुन्त समाधान गर्नु पर्दछ। सरकारले बाटोमा आइपरेका समस्यातिर त्यत्ति ध्यान दिएको देखिएन।
३. दैनिक उपभोग्य वस्तुको बजारभाउ बढेको बढ्यै छ। साग सब्जीलगायतको बजार भाउलेसमेत आकाश छोएको छ। प्याजको भाउ त छोइनसक्नु भएको छ। प्याजको भाउ कार्टुनिष्टहरुका लागि समेत एउटा विषय बनेको छ तर सरकारले किन के कारणले भाउ त्यसरी बढ्दै गयो भन्ने सम्बन्धमा केही बोलेको छैन।
४. मानौ, दैनिक उपयोग्य वस्तुहरु, प्याजलगायतका साग सब्जी महंगिएको सम्बन्धमा बोल्नु सरकारको काम नै होइन। सरकारले भाउ नियन्त्रण गर्ने तर्फ महंगी बढेको यथार्थ पनि थाहा नपाएझैं बसेको छ। शायद, सुखप्राप्त गर्ने एक माध्यम नै महंगी हो।
५. जनताको सुखको लागि सबैकुरा अभाव होइन, सहज किसिमले प्राप्त हुनुपर्दछ। जनताले यो छैन, त्यो छैन भन्न नपरोस् सर्वसाधारणले उपभोग गर्ने सामानको मूल्यमा सबैको पहुँच होस् अर्थात् ती सामान सर्वसाधारणले किनेर उपभोग गर्न सकोस्। त्यस्तो अवस्थामा बजार नियन्त्रण गर्नु सरकारको कर्तव्य हो।
६. तर हामीकहाँ सरकारले बजार नियन्त्रणका लागि खास केही प्रयास गरेको छैन। प्रशासनमा बस्नेहरु कहिलेकाँही सामानको गुणस्तरको निरीक्षण परीक्षण गर्न गएको सुनिन्छ। तर भाउ नियन्त्रण गर्ने अभियान संचालन गरेको कहिल्यै देखिँदैन।
७. भाउ नियन्त्रण गर्ने क्रममा सरकारले पसलमा मूल्य सूची राख्नुपर्ने प्रावधान राखेको छ। तर त्यो आफैले राखेको मूल्य सूची पनि के कति उपयुक्त छ, छैन, त्यो पनि हेरिँदैन र त्यस्तो सूची पनि धेरैकोमा देख्दै देखिँदैन। महंगीको गर्हुँङ्गो भारी बोकेर अथवा महंगीले थिचेर हामीले सुखी र समृद्धिको राजमार्गमा दौडनु छ, त्यसरी थिचेर हामी के कति छिटो दौडौँला, त्यो सोचनीय छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१