मलको छिटो आपूर्ति गर

सम्पादक
जेठ २१, २०७६

१. केही हप्तादेखि मलको अभावबारे पत्र–पत्रिकामा समाचार आइरहेको छ। तर सरकारले उचित ध्यान नदिँदा अभाव बढ्दै गएको छ। एकातिर मलको अभाव बढ्दै गएको छ भने अकोर्तिर किसानहरु मर्कामा पर्दै गएका छन्। वर्षे बाली लगाउने बेला भईसक्दा पनि युरिया मल नपाएकोमा किसानहरु आक्रोशित भएका छन्।

२. धादिङका किसानहरुले आइतवार रित्तो बोरा लिएर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। आक्रोशित किसानहरुले “रित्तो बोरा मल भर, कृषि मन्त्री राजीनामा देऊ, कृषकको समस्या समाधान गर” भन्ने नाराहरुसमेत लगाएका थिए। उनीहरुले स्थानीय नीलकण्ठ सहकारीमा मल नपाएपछि जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए।

३. नीलकण्ठ सहकारीमा जम्मा २ सय बोरा मल आएको तर ६ सय जना कृषकहरु लाइनमा बसेकाले सहकारीले मल बिक्री वितरण गर्न सकेन। धेरै किसानहरु रित्तो गाउँ फकेर्का छन् भने कोही सदरमुकाममा यताउता कतैबाट मल पाहिएला कि भनेर बसिरहेको पनि समाचार छ।

४. हाम्रो देश कृषि प्रधान देश हो। कृषि प्रधान देशमा कृषिको लागि के के चाहिन्छ भन्ने कुरा सरकारलाई थाहा छ। त्यसमा पनि कृषि मन्त्रालयलाई कुन मल के कति चाहिन्छ भन्ने राम्ररी थाहा हुनु पर्ने हो तर मन्त्रालयले सधैं मलको समस्या पहिलो पटक आए झैँ गरी ढिलो गरी व्यवस्थापन गर्ने गर्दछ।

५. मल विदेशबाट आयात गर्ने भएकोले विदेशका मल कम्पनीसँग ५/७ महिना पहिले सम्झौता गर्नु पर्दछ। तर सरकार समय छँदासम्म कानमा तेल हालेर बस्छ। जब किसानहरु बजारमा मलको अभावमा तातिन्छन्, तब सरकारका अधिकारीहरु पनि तातिन्छन् र के के न काम गरे झैं देखाउँछन्।

६. सरकारमा बस्नेहरुले अर्को वर्षदेखि यस्तो अभाव हुन नदिने आश्वासन दिन्छन्। प्रत्येक वर्ष आश्वासन दोहोरिन्छन्। तर मल आपूर्ति हुँदैन। किसानहरु सधैं हैरान हुन्छन् र सरकारका विरुद्ध नाराबाजी गर्दछन्। यो कुरा मन्त्री र प्रधानमन्त्रीलाई थाहा नहुने कुरै छैन। तर पनि प्रत्येक वर्ष यस्तो किन हुन्छ, यो बुझ्न नसकिने भएको छ।

७. अहिलेको प्रधानमन्त्री कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरिएका छन्। प्रधानमन्त्रीले कार्यालयमा बसेर सबै कुरा थाहा पाउन सक्दछन् भनिन्छ। मलको अभाव पनि उनले समयमै चाल पाउनु पर्ने हो। चाल पाए पनि के गर्नु, थाहा पाएर पनि के गर्नु व्यवस्थापन यन्त्र नै चालु गर्न सकिएन भने काम छिटो हुने सम्भावना रहँदैन। त्यसमा पनि केही स्वार्थ छ भने अभाव बनाउनुको महत्व नै अर्कै हुन्छ। फाइदा नै अर्को हुन्छ। ती विविध कारण मध्ये के कारणले अभाव भएको हो, त्यो तुरुन्त हेरेर मल सर्वसुलभ गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width