भ्रष्टाचार हटाउन इच्छाशक्तिको आवश्यकता

सम्पादक
मंसिर २५, २०७६

१. हामीले भर्खरै भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनायौं। त्यस अन्तराष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचार विरुद्धमा ठूल्ठूला भाषण भए। त्यसका अभियन्ताहरुले भ्रष्टाचार नियन्त्रणका उपायहरु सुझाए। भ्रष्टाचारीले गरेको खराबी पनि औंल्याए।

२. त्यस दिनका भाषणहरु र प्रकाशित लेख तथा रिपोर्टहरु हेर्दा र पढ्दा भ्रष्टाचार निर्मूल नगरी नहुने प्रष्ट हुन्थ्यो। भ्रष्टाचार निर्मूल नगरेमा विकास निर्माणका काममा गति नआउने, काम राम्रो र पक्को नहुने आदि सबै कुरा औंल्याएको देखियो। त्यसैले सरकारले भ्रष्टाचारको विरुद्धमा शून्य सहनशीलता अपनाएको पनि बताए।

३. कतिपय नेता र मन्त्रीहरुले राजनीति गनेर्हरुले ठेक्काको काम गर्न नहुने, कि ठेक्का गर्ने कि राजनीति गर्नुपर्ने सुझाव पनि दिए। ती दिनका भाषण आदिले भ्रष्टाचार विरुद्ध गर्नुपर्ने सबै कामकुरा सम्बोधन गरेको देख्दा अब त भ्रष्टाचार कम हुन्छकि भन्ने देखिन्थ्यो। बोली सबैका राम्रा छन्, मीठा छन्।

४. तर बोली अनुसारको व्यवहार भएको अधिकांश देखिँदैन। त्यसरी मीठो बोल्नेहरुले पनि कहीं न कहीं अनियमितता गरेको, कमिशन खाएको या अर्को शब्दमा भन्नुपर्दा भ्रष्टाचार गरेको शिकायत सुनिन्छ। भ्रष्टाचारले स्पर्श नगरेको ठाउँ पाउनु दुर्लभ छ।

५. भ्रष्टाचार निर्मूल गर्न सकिन्छ। तर त्यसको लागि सबभन्दा पहिले राजनीतिक नेताहरुमा इच्छाशक्ति हुनुपर्दछ। उनीहरुमा इमान्दारी हुनुपर्दछ र उनीहरुको व्यवहार सरल र मितव्ययी किसिमको हुनुपर्दछ। आम्दानी अनुसारको खर्च गर्ने प्रवृत्ति हुनुपर्दछ। साधा जीवन उच्च विचारको प्रवृत्ति अपनाउनु पर्दछ। भ्रष्टाचारी र घुसखोरहरुबाट टाढा रहने प्रयास गर्नुपर्दछ।

६. ती कुराहरुको मापदण्डले हाम्रा ठूलाबडाहरुलाई नाप्यौं भने को कस्ताछन् भन्ने प्रष्ट हुन सक्छ। त्यो कुरा हाम्रो ठेकेदारहरुलाई थाहा छ। विचौलीयाहरुलाई थाहा छ। अझै भनौं भने दिनहुँ मन्त्री, सचिव, नेताहरुलाई विहानदेखि बेलुकीसम्म घेराहालेर बस्नेहरुलाई थाहा छ। साथै तिनीहरु किन आफ्ना वरिपरि घुमिरहन्छन् भनी यसो हेर्यो भने त्यो कुरा मन्त्री, सचिव र नेताहरुले प्रष्ट थाहापाउन सक्छन्।

७. तर त्यसरी हेर्ने र मूल्यांकन गनेर्हरुको यहाँ सर्वथा अभाव छ। यहाँ त मेरो मान्छेले पनि भ्रष्टाचार, अनियमितता गर्न सक्छन् र? भनेर चोख्याउने, “क्लिनचिट दिने” प्रवृत्ति बलियो छ। निष्पक्ष मूल्यांकन गरोस् भन्ने भावना नै छैन। जबसम्म त्यस्तो भावना हुँदैन। तबसम्म भ्रष्टाचार निर्मूल हुँदैन। भ्रष्टाचार निर्मूल गर्नेहो भने माथिबाटै गर्नुपर्दछ। माथिको स्रोत राम्रो भए तलको पनि स्वभाविक रुपमा राम्रो हुन्छ। माथि बस्नेहरुले उदाहरण बनी देखाउन सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width