भ्रमणवर्ष सन् २०२० को तयारी

सम्पादक
पौष ३, २०७६

१. सरकारले सन् २०२० लाई नेपालभ्रमणवर्ष घोषणा गरेको छ । सरकारको घोषणा अनुसार भ्रमणवर्ष आउन अहिले मात्र दुई साता बाँकी छ । भ्रमणवर्षसँग सम्बन्धित पदाधिकारी तथा सदस्यहरुलाई अहिले त्यसको उद्घाटन समारोहको तयारी गर्दै भ्याइनभ्याई भएको छ ।

२. सरकारले भ्रमणवर्षमा २० लाखपर्यटकहरु भित्यारउने लक्ष्य राखेको छ । सरकारले भ्रमणवर्ष सम्पन्न भएपछि त्यो कार्यलाई निरन्तरता दिन नेपाल भ्रमण दशक मनाउने तैयारी गरेको छ । सरकारको त्यो तैयारीले धेरैलाई आशा जगाएको छ ।

३. नेपाल विश्वको नै सुन्दरतम देश हो । यहाँका हिमालहरु, डाँडाकाँडा पाखापखेराहरु, नदीनालाहरु र तिनीहरुले बनाएका उपत्यका र वस्तीहरु विश्वमा नै रमणीय मानिन्छन् । तर यहाँका हेर्न लायकका कुराहरु प्राकृतिक छटा मात्र होइनन्, धार्मिक सम्पदा र सांस्कृतिक विविधताले पनि यो देश सम्पन्न छ ।

४. धार्मिक सम्पदाहरुको उल्लेख त्यति प्रचुर मात्रामा भएका छैनन् । लुम्बिनी र जनकपुरको कहिलेकाहीं चर्चा गर्ने गरिन्छ । त्यो पनि आवश्यक मात्रामा गरिएको पाइँदैन । धर्म भन्नासाथ नाक खुम्च्याउने प्रवृत्तिले पनि यस क्षेत्रमा अथाह किसिमले अवरोध तेस्र्याएको छ । लुम्बिनी दर्शन, अवलोकनका लागि जानेहरुलाई तीर्थयात्री नभनी पर्यटक मात्र भन्न थालिएको छ ।

५. लुम्बिनीप्रति विश्वको ध्यान आकर्षित गर्न लुम्बिनीलाई धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदा भनी वर्णन गर्दा जति आकर्षित हुन्छन्, त्यत्ति पर्यटकीय गन्तव्य भन्दा नहुन सक्छ । जानेर या नजानेर गरिएको यस्तो गल्तीलाई रोक्नु पर्दछ ।

६. तयारीको क्रममा वर्णन गर्ने गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थल अझै नसिद्धिने भयो । भ्रमणवर्ष सन् २०२० लाई सघाउ पुग्ने गरी प्रदेश सरकारहरुले आ–आफ्नो क्षेत्रमा सन् २०१९ लाई जे जसरी आन्तरिक भ्रमणवर्ष घोषणा गरिएको थियो, त्यसले पनि लक्ष्य हासिल गर्न नसकेको अनुमान गरिएको छ ।

७. अझै समय छ । भ्रमणवर्ष शुरु हुन लागेको मात्र छ । अब हाम्रा विदेशस्थित राजदूतावास गैर नेपाली संघहरु, नियोगहरुलाई सक्रिय पारेर प्रचार प्रसारमा लगाउन सके २० लाख पर्यटक भिœयाउने ठूलो कुरा होइन । हाम्रो प्रयासलाई तीव्र पार्नुपर्दछ, व्यापक पार्नु पर्दछ । किनभने यो अवसरलाई सफल पार्न व्यापकताको खाँचो छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width