भ्रमणवर्षको प्रचार कछुवा गतिमा

सम्पादक
श्रावण १३, २०७६

१. सरकारले सन् २०२० लाई नेपाल भ्रमणवर्षका रुपमा मनाउने निर्णय गरेको धेरै भयो। सरकारले त्यो निर्णय गरेपछि एकताको प्रचार प्रसार तीव्र रुपमा भएको थियो तर त्यसै बीच पर्यटनमन्त्री रवीन्द्र अधिकारीको जहाज दुर्घटनामा दुःखद निधन भयो। त्यस पछि भएको प्रचार प्रसार जे जति हुनुपर्ने थियो, त्यो भएको छैन।

२. सरकारले राष्ट्रिय रुपमा भ्रमण वर्ष मनाउन लागेको यो तेस्रो पटक हो। यस अघि सन् १९९८ मा पहिलो पटक भ्रमण वर्ष मनाउने घोषणा गरिएको थियो। त्यसबेला प्रचार प्रसारको अभावमा लक्ष्य हासिल हुन सकेन। दोस्रो भ्रमण वर्ष पनि त्यसैगरी बितेको थियो।

३. यस पटक पहिलो र दोस्रोको अनुभव थियो। २० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल हुने अनुमान गरिएको हो। तर छुट्टै पर्यटनमन्त्रीको अभावमा काम कुरा जे जसरी बढ्नु पर्ने थियो। त्यो बढेको छैन। पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैले लिएर बसेका छन्।

४. नेपाल भ्रमण वर्षलाई सघाउन प्रदेशहरु लागि परेका छन्। गण्डकी प्रदेशले त्यसलाई सघाउन सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष मान्दैछ भने प्रदेश नम्बर ५ ले लुम्बिनी भ्रमणवर्ष घोषणा गरेको छ। त्यस्तै रारा भ्रमण वर्ष पनि आयोजना गरेको सर्वविदितै छ।

५.ती सबै भएर पनि प्रचार प्रसारमा गति आउन नसकेको अनुभव गरिएको छ। यसको प्रचार प्रसार देशभित्रभन्दा बाहिर गर्नुपर्दछ। अब पाँच महिना पछि भ्रमणवर्ष शुरु हुँदैछ। फेरि विदेशीहरु आफ्नो भ्रमण कार्यक्रम २/३ महिना पहिले तय गर्दछन्, भ्रमणवर्षको भरपर्दो पूर्वाधार गौतम बुद्ध विमानस्थल अब ६ महिनामा पनि पूरा तैयारी हुने अवस्था छैन।

६. सरकारले भ्रमणवर्षको प्रचार प्रसारका लागि भारतको निजी सिने कम्पनीको पुरस्कार वितरण समारोह नेपालमा गर्न लागेको हो। तर त्यो पनि विवादास्पद भयो। त्यस सम्बन्धमा अहिले के भइरहेको छ प्रष्ट छैन। तर सरकार त्यो आयोजना गर्ने पक्षमा छ।

७. सरोकारवालाहरु प्रधानमन्त्रीले छुट्टै पर्यटनमन्त्री नियुक्त गर्नुपनेर्मा जोड दिँदैछन्। भ्रमणवर्ष समितिलाई बजेटको अभाव भएको गुनासो पनि छ। ती सबै कारणहरुले गर्दा भ्रमणवर्षको प्रचार प्रसार कछुवा गतिमा अघि बढिरहेको छ। त्यसको गति बढाउनु नितान्त आवश्यक छ। यसमा सरकारले ध्यान दिनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width