भाषणभन्दा घरदैलो गाह्रो

सम्पादक
कार्तिक २४, २०७९

चुनावको बेला उम्मेदवारहरुले आफ्नो प्रचार–प्रसार गर्ने गर्दछन् । जसलाई स्वाभाविक मानिन्छ । तिनीहरुले चुनाव प्रचार–प्रसार गर्न विभिन्न माध्यमहरु अपनाउने गर्दछन् । जति पछि भयो उति प्रचार–प्रसारको तौरतरिकाहरु फेरिंदै गएका छन् । विकसित हुँदै गएका छन् । पहिले–पहिले प्रचार सामग्रीहरु हातैले लेख्ने, भित्तामा टाँस्ने र केही वितरण गर्ने गरिन्थ्यो । लेटर प्रेस आएपछि प्रेसमा छापेर प्रचार गर्ने गरियो । त्यसबेला प्रचार सामग्री ब्लाक एन्ड ह्वाइट हुन्थ्यो । अफसेट प्रेस आएपछि प्रचार सामग्रीले फड्को मारे । प्रचार सामग्रीहरु रंगीन र आकर्षित भए । टेलिभिजन आएपछि त्यसले अर्को मोड लियो । त्यसरी मोड लिने क्रममा माइकको विकास र मोबाइल फोनको प्रचलनले त्यसलाई अरु उच्चस्तरमा पुर्‍यायो । पहिलेदेखि अहिलेसम्म प्रचार गर्ने तौर तरिकाहरु जति फेरिए पनि र विकासित भए पनि हाम्रो समाजमा घर दैलो कार्यक्रम कोणसभा र आमसभा आफैं प्रभावकारी रुपमा रहिरहेका छन् । पार्टीहरुले घोषणापत्रलाई महत्वका साथ प्रचार गर्ने गरेका छन् ।

घोषणापत्रमा लेखिएका कुरा नेताहरुले पूरा नगरेकाले मतदाताहरुले त्यसलाई हात्तीको देखाउने दाँत भन्न थालेका छन् । नेताहरुले भने त्यसलाई सकेसम्म आकर्षक किसिमले लेख्ने गरेको छन् । घोषणपत्र पनि झन्–झन् ठूलो र लामो हुँदै गएको छ । साधारण मानिसले त्यो पढ्न पनि सक्दैन र त्यो उपलब्ध पनि हुँदैन । भाषण र घर दैलो कार्यक्रमलाई महत्वका रुपमा लिने गरिएको छ । भाषणको कार्यक्रमलाई आयोजनाबारे नेताहरुले आफ्ना विचार, कार्यक्रम आदिलाई आफ्नै किसिमले व्याख्या गरी अभिव्यक्त गर्न सक्छन् भने घरदैलो कार्यक्रममा उम्मेदवार र मतदाताको प्रत्यक्ष सम्पर्क हुन्छ । संवाद हुन्छ र संवादमा मतदाताले आफ्ना असन्तोष प्रत्यक्ष व्यक्त गर्न पाउँछन् ।

अहिले देशमा भाषण र घरदैलो दुबै कार्यक्रम भइरहेका छन् । नेताहरुले ती दुवै कार्यक्रममा सहभागी भएर भोट बटुल्ने प्रयास गरिरहेका छन् । नयाँ उम्मेदवारलाई ती दुवै कार्यक्रम सरल र सजिलो जस्तै भएका छन् भने पुराना र पहिले जितेर गएका उम्मेदवारलाई घरदैलो गर्न गाह्रो भएको बुझिएको छ । मतदाताहरुले ती उम्मेदवारलाई पाँच वर्षमा किन फर्केर नआएको, पहिले गरेका प्रतिबद्धता कहाँ गए, स्मार्ट सिटी कहाँ गयो, मोनो रेलको कुरा कहाँ हरायो, आफ्नो क्षेत्रमा बाढी पहिरो जाँदा, आपत्–विपत् पर्दा जनप्रतिनिधि कहाँ थिए, आदि अत्यादि प्रश्न सोधेर हैरान गरेका छन् । मतदाताहरुका गुनासा धैरै छन् तर उम्मेदवारहरुसँग अब त्यस्तो हुने छैन भन्ने आश्वासन सिवाय अरु छैन । त्यसैले उम्मेदवारलाई भाषण गर्नभन्दा घरदैलो कार्यक्रम सम्पन्न गर्न गाह्रो भएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width