भारतीय राजदूतबाट अपेक्षा

सम्पादक
फागुन २५, २०७६

१. नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले विहीवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे । राजदूत क्वात्राले प्रमाणपत्र पेश गरेलगत्तै आफ्नो सक्रियता देखाएका छन् । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।
२. राजदूत क्वात्रा भारतीय परराष्ट्र सेवाका अनुभवी र कुशल कूटनीतिज्ञ मानिन्छन् । उनी यस अघि फ्रान्समा राजदूत थिए भने यस अघि उनले नेपाल स्थित सार्कको सचिवालयमा पनि काम गरेका थिए । उनले नेपाललाई राम्रारी चिनेको मानिन्छ ।
३. नेपाललाई राम्ररी चिनेका अनुभवी राजदूत पाएकाले उनको पालामा नेपाल र भारतका समस्याहरु छिट्टै समाधान हुने अपेक्षा गरिएको छ । भन्न त नेपाल र भारतको सम्बन्ध सधैं राम्रो छ भनिन्छ, तर औसत नेपालीहरु वर्तमान सम्बन्धलाई राम्रो भन्ने पक्षमा छैनन् । नेपालीहरु भारतीय पक्षबाट आफु हेपिएको अनुभव गर्दछन् ।
४. भारतले नयाँ नक्सा निकालेर नेपालको कालापानी लिम्पियाधुरा आफ्नो नक्सामा समावेश गरेदेखि नेपालीहरुले तीव्र प्रतिक्रिया जनाइरहेका छन् । नेपालीहरुले त्यसलाई अतिक्रमण सम्झेका छन् । नेपालीहरुले सरकारलाई त्यस सम्बन्धमा छिटो वार्ता गर्न सरकारलाई दवाव दिईरहेका छन् । साथै कालापानीमा बसिरहेका भारतीय सैनिकहरुलाई त्यहाँबाट हटाउनु पर्नेमा पनि नेपालीहरुले जोड दिईरहेका छन् ।
५. नेपालको वर्षाैदेखिको जोडबलले नेपाल र भारतको सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन दुवै देशका प्रबुद्ध व्यक्तिहरुको एक समिति गठन भएको थियो । त्यो समितिले दुईवर्ष लगाएर प्रतिवेदन तयार ग¥यो । तर त्यो प्रतिवेदन बुझ्न भारतले लामो समयदेखि अनाकानी गरिरहेको छ । भारतले त्यो प्रतिवेदन किन बुझ्न गा¥हो मानेको होला, त्यसमा नेपालीहरु आश्चर्य मान्दैछन् ।
६. नेपाल अहिले सार्कको अध्यक्ष छ । नेपालले सार्क सम्मेलन गरी अध्यक्ष पद हस्तान्तरण गर्न चाहन्छ । सार्कको सम्मेलन गर्ने पालो पाकिस्तानको हो तर भारत सार्क सम्मेलनमा सहभागी हुन मञ्जुर नभएबाट लामो समयदेखि सार्क निष्क्रिय प्रायः छ ।
७. नेपाल र भारतका बीच केही अप्ठ्याराहरु छन् । माथिका ती कुरा हरुले नेपालीहरुलाई गम्भीर बनाएका छन् । कहिलेकाँही थिचोमिचो भएको सम्झनु पर्ने अवस्था छ । तर भारतले त्यसलाई गम्भीर किसिमले नलिएकोले स्थिति लम्बिदै गएको छ । नवनियुक्त राजदूतले नेपाली मनोभावना बुझेर ती समस्याहरुको छिटो निकास निकाल्यो भने भित्री हृदयदेखि नै नेपाल र भारतको सम्बन्धले नयाँ आयाम लिने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width