भारतसँग छिटो वार्ता गर

सम्पादक
मंसिर १०, २०७६

१. भारतद्वारा अतिक्रमित नेपालको आफ्नो भूभाग फिर्ता गर्नुपर्ने विषयमा अभूतपूर्व एकता देखिएको छ। प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस लगायतका पार्टीहरुदेखि सबै नेपालीहरु राष्ट्रिय एकतारुपी मालामा आबद्ध भएका छन्। सरकराले पनि आफ्नो तर्फबाट प्रारम्भिक कार्य गरेको जनाएको छ। कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री के.पी.ओलीले आग्रह गरेका छन्।

२. भारतले सार्वजनिक गरेको आफ्नो नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नक्सामा देखाएता पनि त्यसको लागि नेपालसँग कुरा गर्न तैयार भएको विचार व्यक्त गरिएको छ। यसैबीच नेपालका विषय विज्ञहरु तथा तत्सम्बन्धी क्षेत्रमा काम गरेर अनुभव आर्जन गरेका विशिष्ट व्यक्तिहरु आ–आफ्नो तर्फबाट प्रमाण जुटाउन लागि परेका छन्।

३. भारतले प्रायोजित रुपमा नेपालसँग प्रमाण छैन भनेर प्रचार गरेपनि नेपालसँग यथेष्ट प्रमाण भएको विज्ञहरुले बताएका छन्। नेपालमा भएको प्रमाणको आधारमा जनस्तरबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक पनि भएको छ। यो नक्सा नेपालीहरुमा भएको राष्ट्रिय भावनाको प्रतीक हो।

४. राष्ट्रिय भावना उर्लिएर आएको बेला सरकारले छिटो भारतसँग वार्ता गर्नु पर्दछ भन्ने विचार सबैतिरबाट आएको छ। सरकार जुन गतिबाट अघि बढिरहेको छ, त्यो ढिलो भएको गुनासो आएको छ। सरकारले लेखापढीभन्दा छिटो कुटनीतिक वार्ता गर्नुपर्ने विचार प्रवाहित भएको छ।

५. यसैबीच परराष्ट्रमन्त्री प्रदीपज्ञवाली र परराष्ट्र सचिव हप्तादिनका लागि देश बाहिर गएकोमा यहाँ असन्तोष छाएको छ। उनीहरु देश बाहिर गएकामा सरकारले चर्चित प्रकरणलाई गम्भीरतापूर्वक नलिएको हो कि भन्ने भ्रम सिर्जना भएको छ।

६. यस्तो बेलामा शंका उपशंका उत्पन्न हुने कुनै कार्य कतैबाट हुनुहुँदैन। सरकारले यो विवादलाई गम्भीरतापूर्वक लिनु पर्दछ। हाम्रो परराष्ट्र मन्त्रालयले पनि यसैमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्दछ। यस्तो बेला परराष्ट्र मन्त्री र सचिव दुवै खाली हुनु राम्रो होइन। यसले राम्रो सन्देश जाँदैन।

७. हामीले सकेसम्म छिटो कालापानीबाट भारतीय सैनिक फर्काउनु पर्दछ। फलाम तातेको बेला चोट पर्ने गरी घनले हान्नु पर्दछ। सेलाएको बेला हान्नु गाह्रो हुन्छ। यसलाई मनन गरेर छिटोभन्दा छिटो वार्ताको थालनी गर्नुपर्दछ। फेरि थालनी गर्नासाथ वार्ता टुङ्गिन्छ भन्ने होइन, लम्बिन पनि सक्छ। त्यसको लागि पनि हामी तैयार रहनु पर्दछ र निरन्तर लागीपर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width