भारतमा आमचुनाव

सम्पादक
चैत्र २८, २०७५

१. विश्वको सबभन्दा ठूलो प्रजातन्त्रको रुपमा चिनिएको भारतमा आज लोकसभाको निर्वाचन हुनगइरहेको छ। लोकसभाको ५४३ सिटकालागि त्यहा सात चरणमा मतदान गरिने कार्यक्रम छ। त्यहाँको निर्वाचन आयोगले आफूले सबै काम तैयार गरेको जनाएको छ। पहिलो चरणमा आज ९१ सिटकालागि मतदान गर्ने कार्यक्रम छ।

२. निर्वाचनमा मुख्यतया सत्तारुढ भारतीय जनतापार्टी र उसका गठबन्धन तथा कांग्रेस पार्टी र उसका गठबन्धनकाबीच चुनाव हुने अनुमान गरिएको छ। यो चुनावमा पनि कम्युनिष्टपार्टीको खास कुनै चहलपहल देखिएन। चुनावको चहलपहल दक्षिणभारतमाभन्दा उत्तरभारतमा बढी देखिएको छ।

३. सत्तारुढ जनतापार्टी प्रधानमन्त्री नरेन्द्र मोदी र अमितशाहको नेतृत्वमा चुनावी युद्धमा होमिएको छ भने कांग्रेस पार्टी राहुलगान्धीको नेतृत्वमा मैदानमा उत्रेका छन्। उनलाई सहयोग गर्न यस पटक प्रियंका गान्धी पनि अघि सरेकी छन्। यस पटकको चुनावमा तृणमूल कांग्रेसकी ममता बेनर्जी, समाजवादीका अखिलेश यादव र बहुजनपार्टीकी मायावती सशक्त रुपमा देखा परेका छन्।

४. भारतीयजनतापार्टीले यस पटक पनि हिन्दू जनमतलाई आकर्षित गर्न राम जन्मभूमिको कुरा उचालेको छ। त्यसले २५ वर्षदेखि त्यो मुद्दा उठाएर फाइदा लिँदै आएको छ। त्यसको साथै त्यसले दार्जिलिङलाई फकाउन यस पटक पनि भारतीय गोर्खा अन्तर्गतका गुरुङ, मगर, नेवार लगायतका ११ जातिलाई जनजातिको मान्यता दिलाउने घोषणा गरेको छ। भाजपाले अघिल्लो चुनावमा पनि त्यो घोषणा गरेको थियो। तर कार्य रुपमा परिणत गरेन।

५. मोदी सरकारको कार्यकाल सकिएकोले त्यसको मूल्यांकन र लेखाजोखा गर्ने काम नेपालमा पनि भएको छ। नेपालमा उनी पटक पटक आए। नेपालले भारतसँग बिजुली किन्ने सम्बन्धमा सकरात्मक कुरा भयो। तर सार्कका अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले सार्कलाई प्रभावकारी र सक्रिय बनाउने जुन प्रतिबद्धता व्यक्त गरेका थिए, त्यो भएन। मोदी सरकारले आफ्नो १००० र ५०० को नोट नचल्ने घोषणा गरेपछि नेपालसँग भएको नोट पनि त्यसले साट्न न मानेर नेपाललाई अप्ठेरोमा पार्यो।

६. मोदी सरकारले हिन्दूस्थानलाई हिन्दू राष्ट्र घोषणागर्ने प्रयास त गरेन, तर नेपालमा भाजपाका नेताहरुले हिन्दूराष्ट्रका लागि उक्साउने काम भने गर्दै रहे। हाम्रो दक्षिणी सीमा अतिक्रमण गर्ने काम पूर्ववत रुपमा जारी नै रहेको छ। त्यसको असल छिमेकी नीतिबाट सीमामा बस्ने नेपालीहरुले जनु राहतको अपेक्षा गरेका थिए, त्यो पनि भएन। नेपाल, भारत सम्बन्ध, सम्झौताहरुको पुनर्मूल्याङकन गरी विज्ञहरुले तैयार पारेको प्रतिवेदन कहाँ छ, कस्तो अवस्थामा छ भनी सोध्नु पर्ने जुन स्थिति सिर्जना भएको छ, त्यसमा नेपालीहरुको ठूलो गुनासो छ।

७. भारतमा मोदी सरकारको लोकप्रियता घट्दो छ। राहुलगान्धीको व्यक्तित्वले केही देखाएको छ। प्रान्तीय चुनावमा कांग्रेस गठबन्धनले विजय हासिल गरेको थियो तर लोकसभाको चुनावमा त्यो गठबन्धन के कति कामयाब हुन्छ, त्यो भन्न सकिन्न। तर भाजपाको सीट केही घट्ने र कांग्रेसको केही सिट बढ्ने अनुमान भने गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width