नेपाल–भारतबीचको मित्रताका सम्बन्धमा धेरैले धेरै किसिमले वर्णन गर्ने गरेका छन्, प्रशंसा गर्ने गरेका छन् । नेपालको तीनतिर भारतले घेरेको छ र यी दुई देशको सीमाना खुला छ । खुला सीमाना भएकोले दुई देशका नागरिकहरु एक अर्काे देशमा सहजै आउजाउ गर्न सक्दछन् । यही स्थितिलाई हेरेर यी दुई देशको सम्बन्धलाई अनेक विशेषण लगाएर वर्णन गर्ने गरेका छन् । निश्चय नै यी दुईको सम्बन्ध आदि–अनादि कालदेखि रहिआएको छ । यो कुरालाई स्वीकार्नु पर्दछ तर केही वर्षदेखि सीमा विवाद चर्कंदै आएको छ । सीमानामा छिटफुट घटना हुने गरेका छन् । आइतबार पनि दार्चुला जिल्लाको खलंगाबाट भारतको धार्चुला जोड्ने पुलमुनि भारतले एकतर्फी रुपमा पक्की संरचना बनाउन थालेपछि पुलवारि र पारि ढुंगा हानाहानको स्थिति आएको थियो । यस्तो घटना त्यस क्षेत्रमा बराबर हुने गरेका छन् ।
भारतले विगत दुई वर्षदेखि महाकाली नदी नेपालतर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । महाकाली नदी सीमा नदी हो । सीमा नदीमा केही संरचना निर्माण गर्नुपरे दुवै पक्षको सहमतिमा दुवै पक्षलाई फाइदा हुने गरी निर्माण गर्नु पर्ने अन्तर्राष्ट्रिय प्रचलन हो । अन्तर्राष्ट्रिय कानुनले पनि त्यसै गर्नु पर्नै निर्देश गर्दछ । तर हाम्रो सीमानामा भारतले नेपाललाई सोधपुछ नै नगरी एकतर्फी किसिमले भौतिक संरचना निर्माण गर्दै आएको छ । जसको कारण विवाद हुने गरेको छ । त्यस क्षेत्रमा दुई वर्षदेखि भारतले एकतर्फी रुपमा तटबन्ध बनाउँदै आएको थियो । तर त्यो अस्थायी जस्तो भएकोले नेपालीहरु चुप लागेर बसेका थिए । तर अहिले पुलमुनिबाट पक्की संरचना बनाएर महाकालीको पानीलाई नेपालतिर धकेल्ने काम गरेकाले नदी किनारमा बस्दै आएका नेपालीहरुले त्यो सहन नसकेर ढुंगामुढा गर्नु परेको हो । त्यसरी ढुंगामुढा हुँदा नेपालतर्फका केही विद्यार्थीलाई ढुंगा लागेर घाइते भएका छन् । त्यसरी नेपालीहरु घाइते हुँदा तथा भारतले एकतर्फी त्यहाँ संरचना निर्माण गरिराख्दा पनि सरकारले पत्राचार गरेर त्यो संरचना रोक्ने प्रयास नगरेकोमा नेपाली जनता सरकारप्रति असन्तुष्ट भएका छन् । तत्काल त्यो संरचना रोक्नुपर्ने र त्यसको लागि सरकारले पत्राचार गर्नु पर्नेमा सबै नेपालीको एकै आवाज भएको छ । हामी सरकारले जनताको यो आवाजको कदर गरेर तुरुन्त कुटनीतिक प्रयास सुरु गर्न आग्रह गर्दछौं ।
नेपाल र भारतको सीमानामा यस्तो घटना घटेको यो पहिलो होइन । यसअघि पनि बराबर यस्तो हुने गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद त्यसै छ । भारतले त्यस विषयमा कुरा गर्न नै चाहेको छैन । असल छिमेकीले विवादलाई तन्काएर राख्दैन । मिचाहापनको प्रदर्शन गर्दैन । विवादलाई छिटो छिनोफानो गरेमा नै सौहार्दता बढ्ने हो । सीमानामा जे गर्नु परे पनि दुवै देशको आपसी सहमतिअनुसार गर्नु पर्दछ । एउटालाई फाइदा र अर्कोलाई नोक्सान हुने काम गर्नु हुँदैन । सरकारमा पनि सीमानाको मामिलामा चनाखो हुनुपर्दछ र कहाँ के भइरहेछ त्यस विषय तुरुन्त सूचना संकलन गरी विरोध गर्नुपर्ने ठाउँमा विरोध गर्नु पर्दछ । यस्तो कुरामा जनता सधैं सरकारको साथ छ भन्ने कुरा हामी फेरि दोहोर्याउन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१