१. २५५७ औं बुद्धजयन्ती प्रारम्भ भएको छ। बुद्ध जयन्ती कतै साप्ताहिक कार्यक्रम गरेर र कतै तीनदिने कार्यक्रम राखेर मनाउने गरिएको छ। बुद्ध जयन्तीको मुख्य कार्यक्रम भोलि शनिबार हुँदैछ। विगतमा भन्दा यस वर्ष यो पर्व विशेषरुपले सम्पन्न हुँदैछ। यस उपलक्ष्यमा सामाजिक रचनात्मक कामहहरु पनि गर्ने गरिएको छ।
२. भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका थिए भने आफ्नो युवावस्थाको २९ वर्ष नेपालकै तिलौराकोटमा बिताएका थिए। तिलौराकोट प्राचीन कपिलवस्तु हो। उनले बुद्धत्व प्राप्त गरेको केही महिनापछि उनी आफ्नो जन्मस्थान कपिलवस्तु र्फकेका थिए। उनी कपिलवस्तु आउँदा धेरै शाक्यहरुले उनीबाट दीक्षा ग्रहण गरी भिक्षु बनेका थिए।
३. त्यसो त उनले पहिलो पटक जुन पञ्चवर्गीय भिक्षुहरुलाई दीक्षा दिए, ती सबै नेपालका ब्राÞमणहरु थिए। यो धर्मको सबभन्दा पहिले रसास्वादन गर्नेहरु नेपाली थिए भन्नु एक गौरवको कुरा हो। त्यसबेला कपिलवस्तुभन्दा उत्तरतिर जनजाति आदिवासीहरुका राज्य थिए। ती राज्यहरुले एकदमै प्रसन्न भएर भर्खरै प्रतिपादन भएको बुद्ध धर्म अंगालेका थिए।
४. बुद्ध धर्म र नेपालको सम्बन्ध त्यही बेलादेखि अविछिन्नरुपले रही आएको छ। भगवान बुद्ध नेपालका राष्ट्रिय विभूति घोषित भएकाले यो प्रष्ट भएको छ कि आफ्नो राष्ट्रिय विभूतिबाट प्रतिपादित धर्म नेपाल र नेपालीको आफ्नै धर्म हो। यो धर्मको विश्वमा जति प्रचार र प्रसार बढ्दै जान्छ, उति नेपाल र नेपालीको मान, सम्मान र प्रतिष्ठा पनि बढ्दै जान्छ।
५. शान्तिनायकका रुपमा बुद्ध धर्मको प्रचार विश्वमा बढ्दै गएको छ। संयुक्त राष्ट्रसंघले लुम्बिनीको विकासमा विगत ४० वर्षदेखि आफ्नो सहयोगी हात बढाएको छ। त्यस विश्व संस्थाले बुद्ध जयन्ती मनाउन आफ्ना स्टाफहरुलाई बिदा दिने गरेको छ। नेदरल्याण्डको हेगास्थित अन्तर्राष्ट्रिय न्यायालय परिसरमा पनि बुद्धको मूर्ति स्थापना गर्ने भएको समाचारले सबैलाई हषिर्त पारेको छ।
६. बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए। जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे। समता सिद्धान्तको प्रतिपादन गरे। दुःख हटाउने उपाय बताए। दुःख हटाउने उपाय आर्य अष्टा·कि मार्गको निर्देश गरे। उनको शिक्षा, सिद्धान्त र दर्शनलाई मानवतावादी तथा दार्शनिकहरुले पनि प्रशंसा गरेका छन्।
७. उनले सुख र स्र्वर्ग देखाएर मानिसलाई लोभ्याएनन्। आफैले पार लगाइदिउँला भनेर पनि अलमल्याएनन्। उनले ‘अप्प दिपो भव’ आफै आफ्नो प्रदीप वन भनी उपदेश दिए। आफ्नो परित्राण आफैले गर्नुपर्दछ भनि जोड दिए। उनले देखाएको मार्गमा लागेर धेरैले त्राण पाएका छन्, शान्ति पाएका छन्। जीवन सार्थक भएको, अनुभूत गरेका छन्। त्यस्तो महामानवको जन्मजयन्ती मान्नु ठूलो कुरा हो। हामी यस उपलक्ष्यमा सबैमा सुख, शान्ति र सम्मृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१