बिग्रदै छ कोरियाको स्थिति

सम्पादक
चैत्र २१, २०६९

१. कोरिया दुर्इ राष्ट्रमा विभाजित भएदेखि नै तिनीहरूको सम्बन्ध राम्रो हुन सकेको छैन। उत्तर कोरियामा कम्युनिष्ट शासन व्यवस्था छ भने दक्षिणमा लोकतान्त्रिक व्यवस्था छ। ती दुर्इ भिन्न शासन व्यवस्थाले तिनीहरूको सम्बन्ध साधारण हुन नदिएको भन्नेहरू पनि छन्। तर अहिलेको विवाद त्यो होइन।

२. उत्तर कोरियाले बराबर परमाणु हतियारको परीक्षण गरिरहेको छ। त्यसको त्यो परमाणु हतियारको निर्माण र परीक्षणका सम्बन्धमा विभिन्न राष्ट्रले चिन्ता जाहेर गरेका छन्। दक्षिण कोरिया र अमेरिकाले त्यसको कडा शब्दमा निन्दा गरेका छन् भने संयुक्त राष्ट्र सङ्घ आफैले पनि त्यसको विरोध गरेको छ।

३.     उत्तर कोरियाले परमाणु हतियार बाम्बार परीक्षण गरेकोमा त्यसको नजिकको मित्रदेखि चीनले पनि असन्तोष व्यक्त गरेको छ। रूसले पनि त्यो परीक्षण रोक्नुपर्ने विचार व्यक्त गरेको छ। त्यसको त्यो परीक्षण कार्यको विरोधमा उत्तर कोरियामाथि नाकाबन्दी लगाउने पनि गरिएको छ। तर त्यो नाकाबन्दी कार्यले उत्तर कोरियालाई अरु उत्तेजित पारेको छ।

४. उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाको विरुद्धमा आफ्नो परमाणु हतियार प्रयोग हुन सक्ने बताएपछि स्थिति बिग्रिएको छ। दक्षिण कोरियाले पनि उत्तर कोरियाले हमला गरेमा जवाफी हमला गर्नुपर्ने जनाएको छ। दुर्इ देशले कडा-कडा शब्दवाण प्रहार गरिरहेका छन्। दक्षिण कोरियाको सुरक्षामा खतराको सड्ढेत देखेर अमेरिकाले आफ्नो लडाकू विमानहरू दक्षिण कोरियामा लग्न सुरु गरेको छ।

५. उत्तर कोरियाका नेता किम जोङ उनले परमाणु हतियारलाई आफ्नो देशको जीवनको संज्ञा दिएका छन्। उनले छिमेकी देशले आफ्नो अपमान गरेकाले कडा शब्द वाण प्रहार गरेको जनाएका छन्। उता दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हामले उत्तर कोरियाको चेतावनीलाई निकै गम्भीरतापूर्वक लिएको जनाएका छन्।

६.     ती दुवै शीर्ष नेताको प्रतिक्रियाले कोरिया प्रायद्वीप युद्धको स्थितिमा प्रवेश गरेको जस्तो देखिएको छ। एक पक्षले असावधानीपूर्वक केही गर्‍यो भने अर्को पक्षले तुरुन्त जवाफ दिने तिनीहरूको मनस्थिति छ। स्थिति विस्फोटक छ। तिनीहरू एकले अर्कोलाई दोषारोपण गरेर युद्ध गर्ने स्थितिमा रहेको जस्तो छ। युद्ध भयो भने त्यसले नराम्रो प्रभाव पार्ने निश्चित छ।

७. उत्तर कोरियाले तेस्रो परमाणु परीक्षण गरे तापनि त्यहाँ अरु क्षेत्रमा त्यत्ति विकास भएको छैन। त्यसको तुलनामा दक्षिणले धेरै विकास गरेको छ। आर्थिक स्थिति पनि दक्षिणको मजबुत छ। यस्तो स्थितिमा हतियारको आडम्बर देखाउनु उचित होइन। इरान, इराकलगायतका देशले इतियारको दम्भ देखाउँदा के कस्तो भयो। त्यो विश्व सामु छ। त्यसैले युद्धको भाषा त्यागेर कोरिया प्रायदीयमा के कसरी शान्ति बनाउन सकिन्छ, त्यो गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width