बसपार्कलाई बेवारिस नबनाऊ

सम्पादक
चैत्र ११, २०७५

१. पोखरेलीहरूको सबभन्दा ठूलो चाहनामध्ये तीनओटा उल्लेखनीय छन्। ती तीनओटा हुन्–अन्तराष्ट्रिय विमानस्थल, व्यवस्थित बसपार्क र स्वच्छ एवं सफा फेवाताल। अन्तराष्ट्रिय विमानस्थल, व्यवस्थित बस पार्क र स्वच्छ र सफा फेवातालको भविष्यसँग पोखरा र पोखरेलीको भविष्य गाँसिएको छ। त्यसैले ती कुराहरू पोखरा र पोखरेलीका लागि महत्वपूर्ण भएका हुन्।

२. ती कुराहरू महत्वपूर्ण भएकाले पोखरेलीहरूले दशकौंदशक देखि तिनीहरूको निर्माण र विकासका लागि आवाज बुलन्द गर्दै आएका हुन्। ती कुराहरू महत्वपूर्ण भएकाले पोखरामा भएका प्रतिनिधि सभाको चुनावदेखि स्थानीय तहका चुनावमा समेत ती कुराहरू उठ्ने गरेकाछन्। पार्टी र जनप्रतिनिधिहरू सबैले त्यसमा प्रतिबद्धता जनाउने गरेका छन्।

३. साढे चार दशकपछि बल्ल अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणको काम थालनी भएको छ। त्यसको ठेक्का पक्षको बन्दोबस्त भई काम शुरु गरेकाले अब त्यो विमानस्थल बन्छ भन्नेमा शंका छैन। त्यसको कामले गति लिएको छ। बरु त्यो बनेपछि के कस्तो तैयारी गर्नुपर्ने हो, त्यसको लागि पोखरेलीहरूले प्रयास गर्नु पर्दछ।

४. फेवातालको विवादले पनि लामो समय लियो। सवोर्च्च अदालतले त्यसको मापदण्ड लगायतको कुरा फैसला गरी निर्दिष्ट गरेकोले त्यसको सुधारको लागि सम्बन्धित पक्षहरू सलबलाउन थालेका छन्। अहिले मापदण्ड कसरी कायम गराउने भन्नेमा सम्बन्धित पक्षहरू विचार विमर्शमा जुटेका छन्। त्यो कामले पनि गति लिनेमा आशा गर्न सकिन्छ।

५. तर पोखरामा व्यवस्थित बसपार्क बनाउने सम्बन्धमा अझै गम्भीर कुराकानी भएको छैन। बस पार्कको लागि जग्गा छुट्याइएको छ। लामो दूरीको बसहरू त्यहीबाट आवत जावत गर्छन् तर बसपार्क व्यवस्थित नभएकोले त्यो बेवारिसे जस्तो भएको छ। बसहरू आउँदा जाँदा त्यसले उडाउने धुलो र धुँवाले पोखराको शोभा घटाएको छ। बाहिरबाट आउनेलाई नराम्रो छाप पर्ने भएको छ।

६. त्यो बसपार्कसँग पोखरा महानगरपालिका सम्बन्धित छ। पोखरा नगरयोजना र प्रदेश सरकार पनि उत्तिकै सम्बन्धित छन्। तैपनि कसैले त्यसमा रुचि देखाएको देखिएन। ती सबैले बसपार्क निर्माणमा प्रतिबद्धता व्यक्त गरेका थिए। त्यस हिसाबले राजनैतिक पार्टीहरूको पनि त्यसको लागि उत्तिकै जिम्मेवारी मान्नु पर्दछ।

७. ती सबै महत्वपूर्ण अंगहरू जिम्मेवार भएर पनि कसैले जिम्मेवारी लिएका छैनन्। चुनाव भएर यत्तिका समय बितिसकेको छ। तिनीहरूको पहिलो बजेट त्यसै गएको छ। तिनीहरू अहिले दोस्रो बजेट निर्माणको तर्खरमा लाग्ने बेला भएको छ। यस्तो बेलामा बसपार्क कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा एउटा निर्णय लिनु नितान्त आवश्यक भएको छ। अब लामो समय बसपार्कलाई बेवारिसे राख्नु भएन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width