बन्दीपुर गोष्ठीको महत्व

सम्पादक
चैत्र १७, २०७५

१. हामकहाँ गोष्ठी अन्तरक्रियाहरु भइरहन्छन्। त्यस्ता गोष्ठी अन्तरक्रियाहरु कहाँ कसरी भइरहन्छन् भन्नेकुरा आजभोलि सम्बन्धित व्यक्तिहरुले मात्र थाहा पाउँछन् र त्यो तिनीहरुकै लागि मात्र महत्वपूर्ण भएझैँ देखिन्छ। त्यस्तै एउटा गोष्ठी तनहूँ जिल्लाको सुन्दर नगरी बन्दीपुरमा ०७५ चैत्र १४ र १५ का दिन भएको थियो। तर त्यो गोष्ठी भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासन विषयमा भएकाले त्यसलाई ठूलो महत्वका साथ लिइएको छ।

२. देशमा अनियमितता र भ्रष्टाचार बढ्दै गएको छ। भ्रष्टाचारमा शून्यसहनशीलता भन्ने नेताहरुको मुखमा मात्र छ। व्यवहारमा भ्रष्टाचार मौलाउँदै गएको छ। अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गनेर्हरुलाई कार्वाहीगर्ने अख्तियारका पदाधिकारीहरु आफै घूसखोरीमा पक्राउ परेपछि देशको स्थिति कस्तो भएको छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ।

३. देशको यस्तो अवस्था भएको बेला गण्डकी प्रदेशमा सार्वजनिक लेखा समितिद्वारा बन्दीपुरमा त्यस्तो गोष्ठीको आयोजना गरिनु समसामयिक महत्वको भएको छ। गोष्ठीमा सरोकारवाला सहित गण्डकी प्रदेशका सांसद, विषय विज्ञ र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो भने सहयोगी संस्थामा युएनडीपी रहेको थियो।

४. गण्डकी प्रदेश भर्खरै निर्माण भएको छ। प्रादेशिक सरकारले यसको ऐन, नियमहरु तर्जुमा गरिरहेको छ। भर्खरै सुरुभएकोले यसलाई भ्रष्टाचारमुक्त बनाउन सकिन्छ। काँचो माटोलाई जस्तो आकारमा ढाल्न पनि सकिन्छ भन्ने गरिए झैँ यो प्रदेशलाई सरोकारवालाहरुले चाहेमा भ्रष्टाचारमुक्त प्रदेश बनाउन सक्दछन्। तर त्यसका लागि प्रचुर इच्छाशक्ति चाहिन्छ।

५. भ्रष्टाचार के लाई भन्ने ? कस्तोलाई भन्ने ? जिज्ञासा रहेको बेला बन्दीपुर गोष्ठीको शुभारम्भमा गण्डकी प्रदेशप्रमुख बाबुराम कुँवरले बजेट जुन शीर्षकमा छुट्टयाइएको छ त्यही शीर्षक अन्तर्गत खर्च नगर्नु पनि भ्रष्टाचार हो भनेर प्रष्ट भनेका छन्। उनले विधिको शासनबाट नै मुलुकमा सुशासन कायम हुने कुरा बताएका छन्।

६. सरकारको भ्रष्टाचार नियन्त्रण गर्ने काममा सार्वजनिक लेखासमितिले महत्वपूर्ण भूमिका खेल्न सक्दछ। गोष्ठिीमा महालेखा परीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार र अनियमितता संबन्धमा विस्तृत व्याख्या गर्दै सम्बद्ध सबैलाई सजग र सतर्क पारेका थिए। उनले सरकारी खर्चमा अनियमितता बढ्दै गएकोमा चिन्ता पनि व्यक्त गरे।

७. बन्दीपुरको गोष्ठी लेखासमितिले आयोजना गर्नु र त्यसमा प्रदेशका मन्त्रीहरु सहभागी हुनु ठूलो कुरा हो। तिनीहरुबीच समन्वय र समझदारी हुनुपर्दछ केन्द्रमाजस्तो हुनुभएन। केन्द्रमा लेखासमितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको देखाउने उता सरकारले ढाकछोप गर्न खोज्नेजस्तो काम भयो, त्यो राम्रो होइन। त्यसले राम्रो सन्देश दिँदैन। गण्डकी प्रदेशमा त्यस्तो स्थिति नआओस्। यसमा सबै सजग र सतर्क रहनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width