बजार नियन्त्रण गर

सम्पादक
माघ २२, २०७६

१. गत वर्षदेखि नै साग सब्जी र तरकारीको भाउ विस्तारै आकाशिँदै गएको हो । कहिले केको भाउ बढ्ने, कहिले केको भाउले आकाश छुने भइरहेको सर्वविदितै छ । त्यसरी भाउ भढ्दा पनि सरकारले त्यसलाई नियन्त्रण गर्नेतिर कहिल्यै ध्यान दिएन ।
२. एकताका लसुन बजारमा पाउन गा¥हो भयो । जब बजारबाट लसुन गायव भयो, अनि त्यसको भाउले आकास छोयो । त्यसपछि प्याजको पालो आयो । प्याजको आभाव भयो त्यसको मूल्य कल्पना भन्दा माथि गयो । प्याज खानु बहादुरीको कुरा भयो । त्यसको मूल्य नियन्त्रण गर्नमा पनि सरकारले कुनै भूमिका खेलेको देखिएन ।
३. अहिले आएर कुखुराको मासु नेपाली बजारमा आभाव भएको छ । त्यो मासुको मूल्यले आकास छोएको छ । यसको मूल्य हाल सम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । पोल्ट्री व्यवसायीहरुले स्पेशल मासु प्रति केजी ४६० पुगेको जानकारी दिएका छन् । यसमा पनि सरकार टुलुटुलु हेरिरहेको छ ।
४. उपभोक्ताहरु भारमाथि भारमा परेका छन् । सीमित आय भएकाहरुलाई हातमुख जोर्नै गा¥हो भएको अवस्था छ । यस्तो अवस्थाको नियन्त्रण गर्नु सरकारको काम हो । तर सरकारले यस दिशातिर आफ्नो ध्यान केन्द्रित गरेको देखिएको छैन । सरकारको यो चालाले घेरैलाई आश्चर्यमा परेको छ ।
५. सरकारले नागरिकको मुख थुन्न खोजेको छ । पत्रकारको लेख्ने हकलाई नियन्त्रण गर्न खोज्दैछ । मानव अधिकारतिर पनि उसको पञ्जा फैलिएको अवस्था छ । जताततै नियन्त्रण गर्ने तर उपभोग्य सामानको मूल्य नियन्त्रण गर्नेतिर त्यसको ध्यान गएको छैन ।
६. सत्तारुढ पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा टाइमटेबुलकोे उल्लेख गरेर कृषि बालीमा आत्मनिर्भर हुने र त्यसपछि विदेशमा निर्यात गर्ने समेत भनेको थियो तर अहिले त्यो घोषणा पत्र र बजारको अवस्था हेर्दा मतदाताहरु आफै विस्मित भएका छन् ।
७. भरखरै सम्पन्न सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को केन्द्रीय बैठकले राजनीतिक विषयमा सरकारको काम गर्ने तौर तरिकाको सम्बन्धमा आदि अन्य दिनमा धेरै छलफल ग¥यो, तर महंगीको विषयमा उनीहरुको खास ध्यान गएको देखिन्न । महंगीको भार सहनु परेकोले उपभोक्ताहरु महंगीबाट हैरान भएका छन् । तैपनि उनीहरुको पीर मर्का सुन्ने कोही नहुँदा उनीहरुमा एक किसिमको नैराश्यता छाएको छ । नागरिकलाई यस्तो अवस्थामा राख्नु हुदैन । यसलाई सरकारले गम्भीर किसिमले लिनुपर्दछ र बजार नियन्त्रण गर्ने काम तुरन्त गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width