फोरम र नयाँशक्ति एकीकृत

सम्पादक
वैशाख २४, २०७६

१. डा.बाबुराम भट्टराईको नयाशक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी फोरम बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। सहमति पत्रमा डा.भट्टराई र उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। एकीकृत भएपछि उनीहरुको पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने पनि सहमति भएको छ।

२. ती दुई दलको एकीकरण पछि प्रतिनिधि सभामा उनीहरुको सांसद संख्या १७ पुग्ने छ। जसमा संघीय समाजवादी फोरमका १६ र नयाशक्तिको १ जना मात्र छन्। नयाँ संविधानमा थ्रेस होल्डको व्यवस्था गरे पछि डा.बाबुराम भट्टराईलाई अन्य साना पार्टीहरुसँग मिल्न बाध्य पारिएको थियो।

३. नयाँ पार्टीमा ती दुवै नेताहरु अध्यक्ष त हुनेछन्। तर पहिलो अध्यक्ष ठूलो पार्टीको नाताले उपेन्द्र यादव हुनेछन्। डा. भट्टराईले आफू माओवादीबाट फुटेर जाँदा ठूला पार्टीहरुको वैकल्पिक पार्टी बनाउने घोषणा गरेका थिए। तर समय विते अनुसार उनको पार्टी झनझन सानो हुदै गयो।

४. माओवादी हुँदा त्यसका नेताहरु माओवादी कहिल्यै फुट्दैन। माओवादी अर्कै धातुबाट बनेको पार्टी भनेर भन्ने गर्दथे। तर आज त्यस पार्टीका नेताहरु सानोसानो गुटमा विभाजित भएका छन्। उनीहरु स्वतन्त्र भएर गुटमा बस्न नसकेर केही त अरु पार्टीमा एकीकृत भएर लाज बचाउने गरेका छन्।

५. नेता उपेन्द्र यादव आफै संघीय सरकारमा उपप्रधान तथा स्वास्थयमन्त्री भएर रहेका छन् भने दुई नम्बर प्रदेशमा उनैको पार्टीको नेतृत्वको सरकार छ। त्यस हिसावले उनी केही बलियो अवस्थामा छन् र उनले अरु पार्टीलाई पनि आफू तिर आउन एकता प्रयास गरिरहेका छन्। राष्ट्रिय जनता पार्टीसँग पनि एकता प्रयास भईरहेको छ।

६. माओवादीका नेताहरु जहाँ जसरी गएको भएता पनि र जहा“ बसेको भएता पनि उनीहरुले सन्तोषको श्वास फेर्न सकेका छैनन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष भएका पुष्पकमल दाहाल आफैले पनि कहिले काँही आपूm एक्लो अनुभूत गरेको बताउने गरेका छन्।

७. त्यो जे भए पनि यादव र भट्टराईको मिलन भएको छ। उनीहरु हिजो पनि सँगै काम गरेका नेताहरु हुन। एकले अर्कालाई राम्रो सँग चिनेका छन्। धेरै लामो समयको कुराकानी र अभ्यास पछि उनीहरुले एकताको हात मिलाएकाछन्। त्यस हिसावले उनीहरुको मिलन स्थायी हुने अपेक्षा गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width