फागु पूणिर्मा

सम्पादक
चैत्र १३, २०६९

१. नेपाली समाजमा पूणिर्माको ठूलो महत्त्व छ। हाम्रो ठूल्ठूला चाड पर्व पूणिर्माका दिन परेका छन्। वैशाख पूणिर्माका दिन बुद्ध जयन्ती, आषाढ पूणिर्माका दिन धर्मचक्र प्रवर्तन दिवस र गुरू पूणिर्मा, आश्विन पूणिर्माका दिन कोजाग्रत पूणिर्मा, त्यस्तै जनैपूणिर्मा आदि। फागुन पूणिर्माको पनि विशेष महत्त्व छ। यसलाई होली पनि भन्दछन्। रङ्गीविरङ्गी रङ्ग लगाएर खेल्ने पर्व भएको यसलाई र·हरूको पर्व पनि भन्दछन्।

२. होली किन भन्छन् भन्ने सम्बन्धमा नेपालमा विभिन्न किंवदन्ती फैलिएका छन्। कोही होलीका र प्रल्हादका घटनासँग जोड्छन् भने कोही कृष्णसँग जोड्छन्। होलीकाले प्रल्हादलाई आगोमा लगी मार्न खोज्दा आफै मरेकीले त्यसैले खुसीयालीमा विभिन्न रङ्गहरू खेल्ने गरेका बताउँछन्। कोही रङ्ग नखेलेर पनि यो पर्व मान्ने गर्दछन्।

३.     खास गरेर थाकखोलामा बस्ने थकालीहरूले आफ्नो सबभन्दा ठूलो पर्व तोरनल्ह फागु पूणिर्माका दिन मान्ने गर्दछन्। थकाली समुदायले यो पर्व एकदिन होइन, पाँच दिन मान्ने गर्दछन्। अति व्यस्त समयमा पनि उनीहरू तीन दिन आफ्नो पर्व मान्छन्। उनीहरू तोरनल्हको उपलक्ष्यमा समुदायका सबै परिवार एकै ठाउँमा भेला भई आपसमा प्रतियोगिता गरी तारा खेल्ने र धनुषवाँण हान्ने गर्दछन्।

४. तराईबासीहरू फागु पूणिर्माको भोलिपल्ट निर्धक्क साथ आपसमा फागु खेलेर यो पर्व मान्छन्। उनीहरू यसलाई सद्भाव पर्व भन्छन्। र· दल्छन्। फागुमा बजाउने उनीहरूको बाजा र गाना लोकप्रिय छन्। जसलाई फिल्महरूमा पनि राख्ने गरिएको छ।

५. फागु पूणिर्माको बाजा र गानाको कुरा गर्दा नेवार समुदायलाई बिसनु हुँदैन। नेवार समुदायमा होलीका ज्यादै मीठा र घतलाग्दा गीतहरू छन्। जुन गीत गाएर अबिर खेल्दा श्रोता/दर्शक त्यसै आकषिर्त हुन्छन्। नेवारहरूको घनाबस्ती भएको काठमाडौंमा वसन्तपुर दरबार अगाडि चीर गाडेर फागु पूणिर्मा आएको सड्ढेत दिने चलन छ।

६.     यो रङ्गरूको पर्वको रमाइलो र महत्त्वका सम्बन्धमा जतिसुकै बखान गरे पनि यसमा आएको विकृति र विस·तिले यसको उपादेयता घटाएको छ। आपसमा र· दल्नुभन्दा अरूलाई लोलाले हानेर रमाइलो मान्ने परम्पराको विकास भएको छ। त्यसबाट महिलाहरू बढी पीडित हुने गरेका छन्। खास गरेर काठमाडौंमा धेरै विकृति र विस·ति भित्रिसकेका छन्।

७. यसमा आएको विकृति र विस·तिले गर्दा कतिपय मानिसले र· खेल्न नै छोडिसकेका छन्। तर पर्व, परम्परा, संस्कृति भनेका हाम्रा विशेषता हुन्। हाम्रा पहिचान हुन्। हामीले यसमा आएको विकृति र विस·ति हटाउनुपर्दछ। ती विकृति विसङ्गति हटाएर हामीले आफ्नो संस्कृति र परम्पराको संरक्षण र जगेर्ना गर्नुपर्दछ। जसले हाम्रा विशेषता र पहिचानलाई टिकाउ र स्थायी पार्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width