प्राचीन कपिलवस्तुबारे चिन्ता

सम्पादक
चैत्र २७, २०६९

१. भगवान गौतम बुद्धले आफ्नो बाल्यावस्थादेखि युवावस्थासम्मको २९ वर्ष बिताएको राजा शुद्धोधनको दरबार भएको प्राचीन कपिलवस्तुबारेको भ्रम चिर्न जनजीवनको विभिन्न पक्ष लागेका छन्। सञ्चारमाध्यमहरुले पनि अब त्यस सम्बन्धमा केही न केही गरेर त्यो भ्रम निवारण गर्ने काममा लाग्नु खुशीको कुरा हो। अहिले ‘न्यूज-२४ ले’ पनि त्यस्तै एक अभियान सञ्चालन गरेको छ।

२.     ‘न्यूज-२४ ले’ त्यो भ्रम हटाउन दश लाख जनाको हस्ताक्षर संकलन गर्ने अभियान सञ्चालन गरेको छ। त्यो सञ्चार संस्थाको आइतबार काठमाडौंमा एमाले अध्यक्ष झलनाथ खनाललाई हस्ताक्षर गराएर अभियानको शुभारम्भ गरेको छ। त्यसमा हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि हस्ताक्षर गरेका छन्। यसैगरी यस अभियानअन्तर्गत म्याराथन दौड पनि सुरु भएको छ ।

३.     भारतको उत्तर प्रदेशका केही विद्वानहरुले उत्तर प्रदेशको पिपरहवा गनवरिया भन्ने ठाउँलाई राजा शुद्धोधनको दरबार भन्न थालेपछि केही वर्षदेखि त्यो भ्रम फैलिदै गएको छ। उत्तर प्रदेश सरकारले त्यो पिपरहवा गनवरियालाई पर्यटकीयस्थल घोषणा गरी त्यहाँ निर्माणका काम गरिरहेको छ। त्यसको साथै त्यहाँको सरकारले हाम्रो तिलौराकोट र लुम्बिनीको प्रतिकृति पनि निर्माण गरिरहेको छ।

४.     उत्तर प्रदेश सरकारले पिपरहवा गनवरियालाई देखाएर पर्यटकहरु तान्न खोजेपछि त्यो भ्रम विस्तार हुँदै गएको छ। त्यहाँको त्यो ठाउँको विकासमा उनीहरुको सरकार नै लागेको छ भने हाम्रो तिलौराकोट जुन वास्तविक कपिलवस्तु हो, त्यो उपेक्षित छ। तिलौराकोटमा भएका राजदरबारको भग्नावशेषको कुनै संरक्षण पनि गरिएको छैन। त्यो भग्नावशेष वेवारिसे अवस्थामा रहेको छ। हेर्दै विरक्तलाग्दो छ।

५.     हाम्रो तिलौराकोटमा रहेको भग्नावशेष राजा शुद्धोधनको दरबार हो भन्ने कुरा आजभन्दा एक सय १५ वर्ष पहिले भारतमा रहेको एशियाटिक सोसाइटीका विद्वान पुरातत्ववेत्ताहरु ए. फुहरर, रीड्स डेभिस, जनरल कनिङ्धमलगायतकाहरुले सिद्ध गरेका थिए। त्यसपछि फेरि भारतीय वरिष्ठ पुरातत्वविद् पी.सी. मुखर्जीले दुवै ठाउँको तुलनात्मक उत्खनन गरी तिलौराकोटबाहेक अरु कपिलवस्तु हुनै सक्दैन भनी सन् १९०१ मा प्रतिवेदन सार्वजनिक गरेका थिए।

६.     हाम्रो तौलिहवामा रहेको भग्नावशेष राजा शुद्धोधनको दरबार भएको भौगोलिक, ऐतिहासिक एवं पुरातात्त्विक दृष्टिले प्रमाणित भएको छ। तौलिहवा भग्नावशेषको आकार-प्रकार सबै दरबारको जस्तै छन्। ठूला-ठूला कोठा, हल, ठूला गेट आदिले दरबार भन्ने प्रष्ट्याउँछ। जबकि पिपरहवाको भग्नावशेषमा स-साना कोठाहरुमात्र छन् र कोठाहरु धेरै छन्। त्यसैले त्यसलाई भिक्षुहरु बस्ने विहार हुनुपर्ने अनुमान गरिएको छ।

७.     हाम्रो तौलिहवा भग्नावशेषका लागि मात्र एउटा कुराको कमी छ, त्यो हो सरकारी संरक्षण। उत्तर प्रदेश सरकारले पिपरहवाको विकासमा ठूलो लगानी गरिरहेको छ भने हाम्रो सरकारले तौलिहवाको विकास त के संरक्षणको व्यवस्था पनि गरेको छैन। यस्तो अवस्थामा एउटा सञ्चारमाध्यमले चिन्ता व्यक्त गरी हस्ताक्षर संकलन अभियान गर्नुलाई सकारात्मक मान्नुपर्दछ। अरु सङ्घसंस्थाहरुले पनि आफ्नो क्षेत्रबाट केही न केही गरी त्यो भ्रम चिर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width