प्राकृतिक प्रकोप

सम्पादक
जेठ १६, २०७७

१. देशमा अहिले कोरोना भाइरसको महामारी फैलिरहेको वेला मौसमी वदलीले पनि चिन्तित बनाइरहेको छ । दिनहुँ असिना पानीले बालीनालीमा क्षति पुर्‍याइरहको छ । बादल गर्जनबाट पर्ने चट्याङले जनजीवनलाई त्रास बनाएको छ । खोला किनारका वस्तीहरुमा बाढी पसी डुवान भएको छ । वर्ष नलाग्दै यस्तो प्रकोप बेहोर्नु पर्‍यो।

२. बंगालको खाडीमा आएको शक्तिशाली चक्रवात अम्पुनको प्रभाव नेपालमा परेको मौसमविदहरु बताउँछन् । आँधिका कारण बंगालमा ठूलो धनजनको क्षति भएको छ । अहिले त्यो आँधि मत्थर भएको छ । तापनि त्यसले नेपालमा हुने मनसुनी वार्षालाई पनि प्रभावित बनाउँदछ । नआउनु पर्ने वेला वर्षा हुने र चाहिने वेला वर्षा नहुँदा समयमा गर्नुपर्ने खेतीमा नोक्सानी पुग्ने हुन्छ ।

३. यसैगरी भारतमा यतिखेर विनासकारी कीरा सलहले आतङ्क मच्चाएको छ । राजस्थान, गुजरात, उत्तरप्रदेशसहित महाराष्ट्रमा सलहको प्रकोप देखिएको छ । सलहका कारण सो क्षेत्रका किसानहरु आक्रान्त बनिरहेको र सलह नियन्त्रणका लागि विषादी छर्क दमकल समेत प्रयोग गरिएको समाचारपत्रहरुले उल्लेख गरेका छन् ।

४. सलह एक प्रकारको पट्याङ्ग्रा जस्तो कीरा हो । यो ठूलो समूह आई एकै छिनमामै धेरै खेतीवाली नष्ट गर्दछ । अमेरिकी फौजी कीरा भन्दा कयौं गुणा बढी क्षति गर्न सक्ने यो कीराको समूह यति वेला भारत सहित पाकिस्तान र इरानमा पनि प्रवेश गरेको छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यसलाई सलह प्लेगको पनि संज्ञा दिएको छ । यसले कोरोना भाइरसले भन्दा पनि बढी क्षति पुर्‍याउन सक्ने बताइएको छ ।

५. एकदिनमा १३० किलोमिटर सम्म हुल बनाएर हिड्ने यो कीरा नेपालमा पस्यो भने पूर्वीभागबाट तीन चार दिनमै पश्चिमी भागमा पुग्न सक्दछ । भारतमा आइसकेको सलह नेपालमा पनि नआउला भन्न सकिदैन । त्यसको रोकथामको लागि सरकारले वेलैमा ध्यान पुर्‍याउनु जरुरी छ । सलहबाट प्रकोप भएका देशको अनुवभ छ र ती देशले के विधि अपनाईरहेका छन् विज्ञहरुबाट जानकारी लिएर छिट्टै रोकथामको उपाय गर्नुको अर्काे विकल्प छैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width