प्रधानमन्त्रीलाई लखेट्ने कुरा

सम्पादक
कार्तिक ४, २०७६

१. प्रधानमन्त्री केपी ओलीले काठमाडौंको एक अखबार सँगको अन्तरवार्तामा आफूलाई लखेटेर हटाउन सम्भव छैन भनेको कुरा चर्चित भएको छ। प्रधानमन्त्रीलाई कसले लखेट्ने? फेरि उनी दुई–तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री हुन्। यस्तो शक्तिशाली प्रधानमन्त्रीलाई लागेको अनुभूति हुनु आफैमा आश्चर्य कुरा हो।

२. प्रधानमन्त्री ओलीले आफ्नो आसन मजबुद भएको देखाउन निर्वाचन आफ्नै नेतृत्वमा भएको कारण देखाएका छन्। आफूलाई हटाउन पनि सहमतिको आवश्यक हुने भएकोले त्यो सहमति देखाउन चुनौती दिएका छन्। उनलाई यस्तो स्थिति देखाउनु पर्ने अवस्था कहाँबाट कसरी सिर्जना भयो, यो सोचनीय कुरा छ।

३. प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस कमजोर अवस्थामा छ। कांग्रेसले प्रधानमन्त्रीको आसन हल्लाउन सक्ने अवस्था छैन। उनलाई हटाउन सक्ने कोही छ भने उनकै पार्टी भित्रको हिजोको माओवादी हो र माओवादीको नेतृत्व गरेको नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल हुन्। अझ प्रष्ट रुपमा भन्नु पर्दा उनीहरुबीच आलोपालो गरी सरकार चलाउने सहमतिको पत्र हो।

४. त्यो सहमति पत्रले बराबर पार्टी भित्रको राजनीति तताउने गरेको छ। यसपटक नेता वामदेव गौतमले आलोपालोको सहमति भएको हो भनेपछि फेरि तर· उत्पन्न भएको हो। यो “हो र होइनको विवाद” लामो समयदेखि रहिआएको छ। यो विवादले स्थिर भनिएको यो सरकार पनि कतै अस्थिर हुने त होइन भन्ने आशंका उत्पन्न गरेको छ।

५. आलोपालोको सहमति कार्यान्वयन हुने हो भने यो सरकारको आयु मात्र १४/१५ महिना बाँकी रहन्छ। त्यो १४/१५ महिना जति नजिक आउँछ, उति पार्टीभित्र असमझदारिता बढाउँदै छ। विभाजनको रेखा गहिरिदैछ भने त्यो भन्दा ठूलो कुरा त्यसले उत्तेजना पनि बढाउने सम्भावना छ। प्रधानमन्त्रीले “लखेटेर हटाउन सम्भव छैन” भन्नु एक किसिमको उत्तेजनाको परिणाम हो।

६. आलोपालोको विवादले कर्मचारी तन्त्रमा अस्थिरताको गन्ध फैलिन थालेको छ। कर्मचारीहरु “यो भए यसो हुन्छ, त्यो भए त्यसो हुन्छ” भन्दै जोड घटाउको हिसाब गर्न लागेका छन्। पार्टी भित्रको सन्तुलन खलबलिएला भनेर प्रधानमन्त्रीले काम गर्न नसक्ने भनी चिनिएका मन्त्रीलाई समेत हटाउन सकेका छैनन्। जसले गर्दा मन्त्रिपरिषद्को पुनर्गठनको हल्ला चल्छ, सेलाउने गरेको छ।

७. प्रधानमन्त्रीले यो आलोपालोको कुरा अहिले किन निकाल्नु पर्यो भन्ने पनि गरेका छन्। त्यसलाई पनि अन्यथा भन्न मिल्दैन। तैपनि असमझदारीता बढेपछि शंका लागेपछि मानिसको सकारात्मक सोंच हराउँदै जान्छ। अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र त्यही भएको छ। यस्तो स्थिति लम्ब्याउनु हुँदैन। शीर्ष नेताहरु बसेर खुल्ला हृदयले विवादलाई सुल्झाउनु पर्दछ। आलोपालोको कुरा समझदारीमा छिटै टुङ्गयाउनु पर्दछ। यो भाषण गर्दै हिड्ने विषय होइन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width