प्रदेश प्रमुखहरुको सुविधा

सम्पादक
चैत्र ४, २०७६

१. सात प्रदेशका सातै जना प्रदेश प्रमुखहरु आफनो सेवा सुविधा र हैसियत बढाउन माग गर्दै काठमाण्डौमा दौडधुप  गरिरहेका छन् । तिनीहरुले आवास,कार्यालय, निजी सचिवालयको सेवा सुविधादेखि प्रोटोकल मिलाउन पनि शीर्ष नेतृत्वको ध्यान आकर्षित गरेका छन् ।

२. प्रदेश प्रमुखहरु प्रदेशका आर्दश हुन् । प्रदेशमा देखाउन योग्य व्यक्ति खोज्नु प¥यो भने सबभन्दा पहिले प्रदेश प्रमुखमा मानिसहरुको ध्यान जान्छ । प्रदेश प्रमुख साधा जीवन उच्च विचारका साथ आफनो जीवनयापन गर्दछन् भन्ने धारणा सर्वसाधारणमा छ ।

३. उनीहरु कुनैपनि राजनीतिक पार्टीमा संलग्न हुदैनन् । तिनीहरु निष्पक्ष र आवश्यक परे निर्भिक पनि हुन्छन् । तिनीहरुको काँधमा ठूलो जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारीलाई तिनीहरुले समयमा नै कहीँ कतै खोट नराखी सम्पादन गर्नु पर्दछ । त्यसो गर्नु तिनीहरुको विशेषता हो ।

४. यस्तो महत्वपूर्ण विशेषता बोकेका प्रदेश प्रमुखहरुले अरु कार्यकर्ताहरुले झंै आफूलाई यो सुविधा पुगेन र त्यो पुगेन भन्दै पार्टीका नेताका सामुसमेत गएर अनुनय विनय गर्नु शोभा दिँदैन । फेरि त्यो उचित बाटो पनि होइन । प्रोटोकल मिलाउन काठमाण्डौं गएका उनीहरुले आफनो प्रोटोकलको ख्याल नै गरेनन् भन्ने टिप्पणी व्यापक छ ।

५) प्रदेश प्रमुखहरुको राजनीतिक भेटघाटलाई लिएर पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले पनि टिप्पणी गरेका छन् । उनले प्रदेश प्रमुखहरुले नेकपाका अध्यक्ष दाहाललाई सामूहिक भेट गरेकोमा असन्तोष व्यक्त गर्दै प्रदेश प्रमुखहरु राज्यका प्रतिनिधि भएको स्पष्ट पारेका छन् ।

६) डा. भट्टराईले देशको  वर्तमान व्यवस्था पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली जस्तो होइन भनेर पनि स्पष्ट शब्दमा भनेका छन् । प्रदेश प्रमुखहरुले भने प्रधानमन्त्री ओलीलाई भेटेने अवसर पाएनन् । तिनीहरुले आफनो माग प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारलाई बताएका छन् ।

७) प्रदेश प्रमुखहरु प्रदेशका आर्दश व्यक्ति भएकाले तिनीहरु विवादमा आउन सुहाउँदैन । सानोतिनो कुरामा लोभ लालच गर्नु पनि सुहाउँदैन । सुविधा भनेको जति भए पनि पुग्दैन । सरकारी सुविधा प्राप्त गरेकाहरुले अरु सुविधाको माग गर्नु अगाडि आफू गरीब देश र गरीब जनताका अधिकारी भएको बिर्सनु हुँदैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width