प्रजातन्त्र दिवसको महत्व

सम्पादक
फागुन ७, २०७६

१. आज फागुन ७ गते हो । प्रत्येक वर्षको फागुन ७ गतेले २००७ सालको फागुन ७ गतेलाई सम्झाउँछ । वि.सं.२००७ सालको फागुन ७ गतेको दिन देशमा विद्यमान एकतन्त्रीय राणा शासनको अन्त भएर प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । त्यसैले प्रजातन्त्र दिवसलाई राष्ट्रिय प्रजातन्त्र दिवस भन्ने गरिएको छ । यो दिवसलाई देशमा संभावनाका सबै ढोका खोलिएको दिनको रुपमा पनि लिने गरिएको छ ।
२. देशमा प्रजातन्त्र ल्याउन धेरै वर्ष पहिलेदेखि प्रयास भइरहेको थियो । त्यसवेलाका जुझारु व्यक्तिहरुले पर्चा पम्प्लेट र भूमिगत संगठन गरेर राणा शासनको विरुद्धमा आवाज चर्काउँदै थिए । १९९७ सालमा निरङ्कुश सरकारले चार जनालाई शहीद बनाएपछि स्थिति अरु विस्फोटक भएको थियो ।
३. त्यस्तैमा नेपाल भित्र र बाहिर राजनीतिक पार्टी गठन हुन थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा देशव्यापी आन्दोलन भयो । राजा त्रिभुवन सपरिवार भारतमा शरण लिन पुगे । राजाको त्यस कदमले राणाशासकहरुलाई ज्यादै अप्ठ्यारोमा पा¥यो आखिर निरङकुश सरकारले जनताका सामु घँुडा टेक्नु प¥यो । हार स्वीकार्नु प¥यो ।
४. राजा त्रिभुवनबाट देश फर्केपछि फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । त्यो घोषणा नेपालको इतिहासमा सर्वाधिक महत्वपूर्ण घोषणा हो । त्यही घोषणाबाट नेपालीहरुले लेख्ने, बोल्ने र राजनीतिक संगठन गर्ने लगायतका सबै स्वतन्त्रताहरु प्राप्त गरेका हुन् ।
५. त्यसरी प्रजातन्त्र आएता पनि प्रजातन्त्रलाई पटक पटक प्रहार गर्ने काम भयो । बाहिर प्रजातन्त्रको माला जप्ने तर भित्रभित्रै प्रजातन्त्रको हक अधिकारमा बन्देज लगाउने प्रवृत्ति भएका राजनीतिक व्यक्तिहरुको कार्यगत एकता भयो । जसले गर्दा फस्टाउन लागेको प्रजातन्त्रमा पटक पटक ग्रहण लाग्यो ।
६. राजा महेन्द्रले २०१७ साल पुस १ गते पञ्चायती व्यवस्थाको प्रादुर्भाव गराएपछि प्रजातन्त्र फेरि नराम्रोसँग खुम्चिदै गयो । निर्वाचित प्रधानमन्त्री वी.पी कोईरालालाई जेलमा राखियो । संसदीय व्यवस्था खारेज गरियो । पञ्चायती व्यवस्थाको ३० वर्षको आभ्यासले प्रजातन्त्र भन्नै नहुने, उच्चारण गर्नै नहुने शब्द जस्तो भयो ।
७. २०४६ सालको ऐतिहासिक जनआन्दोलनले देशमा प्रजातन्त्रको पुनर्वहाली गरेको छ । प्रजातन्त्र ,लोकतन्त्र भन्ने अवस्था सिर्जना भएको छ । तर जति यसले महत्व पाउनु पर्ने हो त्यो पाउन सकिएको छैन । यो दिवसमा विदा गरियोस् भनेर आग्रह गर्ने जनताहरुको स्वरको कदर गरिएको छैन । सरकारले प्रजातन्त्र दिवसको महत्व अरु बढाउनु पर्नेमा हामी जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width