प्रजातन्त्रका लागि एक हुनु आवश्यक

सम्पादक
फागुन ७, २०७५

१. फागुन ७ गते प्रजातन्त्र दिवस हो । वि.सं. २००७ सालको फागुन ७ गते १०४ वर्षे राणा शासनको अन्त्य भई प्रजातन्त्र दिवसको घोषणा भएको दिन हो । त्यही बेलादेखि आजका दिनसम्म प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । यो दिवस अन्य दिवसहरु भन्दा पहिले मान्ने गरिएको दिवस हो । त्यसकारण पनि यो सवभन्दा महत्वपूर्ण दिवस हो ।

२. प्रजातन्त्र नेपाली काँग्रेस पार्टीको नेतृत्वमा भएको आन्दोलनको प्रतिफल हो । त्यो आन्दोलनमा राजा त्रिभुवनको समर्थन थियो । आन्दोलनको क्रममा राजाले राजगद्दी त्यागेर भारतमा शरण लिन गएका थिए । जसको कारण छिटै आन्दोलन सफल भएको थियो । आन्दोलनमा काँग्रेसका धेरै नेताहरु शहीद भएका थिए ।

३. शहीदको चर्चा गर्दा वि.सं.२०९७ सालमा शहीद भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई पनि संझनु पर्दछ । नेपालमा विरोधी राजनीतिको वीजारोपण उनीहरुले नै गरेका थिए । त्यसवेला टंकप्रसाद आचार्य, रामहरि जोशीहरुले नेपाल प्रजा परिषद गठन गरेर राणा शासनको विरोधमा पर्चा आदि छर्ने काम गरेका थिए ।

४. वि.सं.२००७ सलको आन्दोलनका क्रान्ति नायकका रुपमा मातृकाप्रसाद कोइराला, जननायक विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शंशेर लगायतलाई स्मरण गर्ने गरिन्छ । उनीहरुले नेपाली काँग्रेस पार्टी स्थापना गरेर राणा सरकारका विरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनले देशमा स्वतन्त्रताको ढोका खोलेको थियो ।

५. प्रजातन्त्रको अभ्युदयका साथै नेपाल र नेपाली समाजमा आधुनिकताको प्रकाश प्रज्वलित भएको थियो । शिक्षाको ज्योति गाउँघरसम्म पुर्याउने अभियान सञ्चालन भएको थियो । नेताहरुले आआफनो क्षेत्रमा स्कूल खोलाउने र बालबालिकाहरुलाई पठन पाठन गर्ने गराउने कार्यमा उल्लेखनीय योगदान पुर्याएका थिए ।

६. प्रजातन्त्र, नेपालीहरुले निःस्वार्थ भावले गरेको अथक परिश्रमको प्रतिफल हो । त्यसैले प्रजातन्त्रसँगै सवै नेपालीको भावनात्मक सम्बन्ध रहेको छ । वि.सं. २००७ साल पछि नेपालमा अनेक राजनीतिक उथलपुथल भए । प्रजातन्त्रलाई नै निलम्बन गर्ने र त्यसको आवश्यकता छैन भनेर पनि भन्ने गरे । तर प्रजातन्त्रको विरोधमा गरिएको दुष्प्रयास टिक्न सकेन ।

७. प्रजातन्त्रमा वाक्स्वतन्त्रता हुन्छ, लेखन स्वतन्त्रता हुन्छ, मानव अधिकार हुन्छ । जसले स्वतन्त्रतालाई सीमित गर्न खोज्दछ, बाधा अवरोध तेस्र्याउन खोज्दछ त्यसले जानेर होस् वा नजानेर होस् निरङ्कुशताको पक्षमा सघाउ पुर्याएको हुन्छ । नेपालमा प्रजातन्त्रलाई बदनाम गर्न गराउन धेरैले धेरै प्रयास गरे। तर ती सबै प्रयास निस्तेज र निष्फल भएर गएका छन् । इतिहासको यो तथ्यलाई मनन गरेर हमी सवै प्रजातान्त्रिक हक अधिकारका लागि प्रतिबद्ध हुनु पर्दछ, संघर्षशील हुनु पर्दछ । आजको दिनमा त्यही प्रेरणा लिएर हामी प्रजातन्त्रको रिन्तरताका लागि एक हुनु पर्दछ, एकताबद्ध हुनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width