पोविविको दशौं दीक्षान्त समारोह

सम्पादक
फागुन १०, २०६९

१. सम्पूर्ण पोखरा र पश्चिमाञ्चलकै गौरवका रुपमा रहेको पोखरा विश्वविद्यालयले बुधबार आफ्नो दशौं दीक्षान्त समारोह सम्पन्न गर्‍यो। दशौं दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको संख्या १,७३७ रहेको विश्वविद्यालयले जनाएको छ। यसअघि त्यस विश्वविद्यालयले आफ्नो विभिन्न संकायअन्तर्गत कूल ८८७९ जनालाई उपाधि प्रदान गरिसकेको छ।

२. श्वैत अन्नपूर्ण हिमालको श्रृंखला र माछापुच्छ्रे हिमालको काखमा अवस्थित पोखरा विश्वविद्यालय २०५४ साल फागुन २७ गते सुरु भएको थियो। विश्वविद्यालय कास्की जिल्लाको लेखनाथ नगरपालिका-१२ स्थित ढु·ेपाटन खुदीमा सञ्चालित छ र यो विश्वविद्यालय ११४ रोपनी क्षेत्रफलमा फैलिएको छ।

३.     पोखरा विश्वविद्यालय यस क्षेत्रका स्थानीय मानिसहरुको सक्रियतामा स्थापना भएको हो। जसको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गरेको थियो। त्यो संघले १२ वर्षभन्दा बढी समय विश्वविद्यालय स्थापनाका लागि निरन्तर प्रयास गरेको थियो। त्यसैले पोखरा विश्वविद्यालय भन्नासाथ पोखरा उद्योग वाणिज्य संघ सम्झने मानिस यहाँ धेरै छन्।

४.     हिजोको सानो विश्वविद्यालय आज ठूलो भएको छ। विश्वविद्यालयले आफ्नो तीन वटा संकायअन्तर्गत आफ्ना शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ। ती संकायअन्तर्गत आङगिक महाविद्यालयमा स्नातक तहमा ९ वटा, स्नाकोत्तर तहमा ४ वटासहित १३ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। त्यसको सम्बन्धन प्राप्त महाविद्यालयहरुमा स्नाकोत्तर तहमा १६ वटा, स्नातक तहमा २७ वटा र पोष्ट ग्रेजुयट डिप्लोमा तहमा १ वटा कार्यक्रम गरी ४४ वटा कार्यक्रम सञ्चालित छन्।

५.     विश्वविद्यालयले आगामी कार्यक्रम भनेर मेडिकल कलेज, इञ्जिनियरिङ कलेज, पर्यटन उद्योग सम्बन्धी कलेज तथा खेलकुदसम्बन्धी कलेज स्थापना हिमाली तथा मध्ये पहाडी क्षेत्रमा प्राप्त जडीबुटी सम्बन्धी अनुसन्धान र अध्ययन केन्द्र उच्चशिक्षा विमुख जिल्लाहरुमा आङ्गकि क्याम्पसहरुको विस्तार तथा एमफिल कार्यक्रम विस्तार गर्ने भएको छ।

६.     पोखरा विश्वविद्यालयको पठनपाठनस्तरीय मानिन्छ। यसक विद्यार्थीहरु देश विदेशमा पुगेका छन्। स्तरीय पठनपाठनका लागि नियमित कक्षा सञ्चालन हुनुपर्दछ। तर यो विश्वविद्यालयमा पनि केही समय यता बन्द, हड्ताल र तालाबन्दीको रोग पसेको छ। त्यो रोग फैलिन्छ, त्यत्ति पढाइको स्तर खस्कन्छ भन्ने कुरा मनन गरी वातावरण बनाउनुपर्दछ।

७.     विश्वविद्यालयको पर्ढाईको स्तर सम्बन्धमा खास भन्नु केही छैन। तर विश्वविद्यालय प्रमाणपत्र दिने थलोमात्र होइन, विश्वविद्यालय अनुसन्धानको केन्द्र बन्नु पर्दछ। जति अनुसन्धान कार्य हुन्छ, उति विश्वविद्यालयको स्तर वृद्धि हुन्छ। स्थानीय साधन श्रोतमा आधारित अध्ययन अनुसन्धान गराउनु अहिलेको आवश्यकता पनि हो। पोखरा विश्वविद्यालयले यो आवश्यकता समेत पूरा गर्ने अपेक्षा गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width