पोखराका कर्मठ नारीहरू

सम्पादक
फागुन २७, २०६९

१. कलाकार मिलन शेरचनको ‘सुन्दर पोखराका कर्मठ नारीहरू’ शीर्षकको एकल फोटो प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित पिएसएम आर्ट ग्यालरीमा सुरु भएको छ। सिर्जनशील कलाकार समूह पोखराद्वारा आयोजित त्यस प्रदर्शनी पाँच दिनसम्म चल्ने आयोजकहरुले बताएका छन्।

२.     कलाकार मिलन शेरचन सुकेको झारपातबाट क्यानभासमा आकृति सिर्जना गरी बनाइने जापानी कला ‘हानानो ओसिवाना’ का सिद्धहस्त कलाकार हुन्। उनलाई हानानो ओसिवाना कला नेपाल भित्र्याउने पहिलो कलाकार पनि मानिन्छ। त्यस कलामा उनले ललितकला संस्थानबाट विद्धत वृत्ति पनि प्राप्त गरेकी थिइन्।

३.     अहिले उनी एकल फोटो प्रदर्शनी गर्न पनि अघि सरेकी छिन्। फोटो प्रदर्शनीको रुपमा यो उनको पहिलो प्रयास हो। प्रदर्शनीमा पोखरालाई जन्मथलो एवं कर्म थलो बनाएर कार्यरत एक सय ६५ जना महिलाहरुका फोटाहरु राखिएका छन्। १०३ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा यो प्रदर्शनी गरिएको हुँदा यसको आफ्नै महत्त्व छ।

४.     कलाकार शेरचनले विभिन्न वर्ग र क्षेत्रका कर्मठ महिलाहरुको कार्य क्षेत्रमा पुगेर जे जति सुन्दर पोखराका कर्मठ नारीहरु तयार गरेकी छन्, उनको त्यो प्रयासलाई मान्नुपर्दछ। उनले विभिन्न पेशामा लागेका महिलाहरुको फोटोहरु र उनीहरुको नाम र पेशा समेत उल्लेख गरेकी छन्।

५.     उनको यो पहिलो प्रयास भएकाले त्यस सम्बन्धमा अरु धेरै भन्नु आवश्यक छैन तैपनि पोखरामा अन्य धेरै क्षेत्रमा वर्षौदेखि सक्रिय भएका महिलाहरु छन्। महत्त्वपूर्ण काम गरेका सम्मान पाएका र प्रतिष्ठित महिलाहरु पनि छन्। उनीहरुका फोटाहरु पनि यस प्रदर्शनीमा राखिएको भए प्रदर्शनीको महत्त्व अरु बढ्ने अनुमान गर्न सकिन्छ।

६.     पोखरामा महिलाहरुको संस्था धेरै छन्। महिलाहरुले आफ्नो क्षेत्रमा उल्लेखनीय काम पनि गरेका छन्। सामाजिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा लागेकाहरु पनि छन्। पुरुषहरु भएको संस्थाको नेतृत्व गरेका महिलाहरु पनि छन्। तर उनीहरुको फोटो यस प्रदर्शनीमा समेटिएन भन्ने गुनासो छ।

७.     त्यो जे भए पनि यो प्रदर्शनीले कहाँ कुन क्षेत्रमा महिलाहरु सक्रिय छन्, त्यो देखाएको छ। अध्ययन गर्नेलाई यसले एक खुराक प्रदान गर्न सक्दछ। त्यो दृष्टिले कलाकार मिलन शेरचनको प्रयासलाई मान्नु पर्दछ। फोटो प्रदर्शनी सबैले एक पटक हेर्र्नुपर्दछ। प्रदर्शनी अवलोकन योग्य रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width