१. पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रपति डा. रामवरण यादवले चारपटक सत्ता हत्याउन (कु गर्न) खोजेको आरोप लगाएका छन्। आफू सत्ताबाट बाहिरिएको एक महिनापछि उनले लगाएको त्यो गम्भीर आरोप अहिले राजनीति र सञ्चार क्षेत्रमा चर्चाको विषय बनेको छ।
२. उनले राष्ट्रपतिमाथि लगाएको त्यो आरोपलाई राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले टिप्पणी गर्न लायक पनि नभएको भनेका छन्। त्यस्तै उनकै प्रधानमन्त्रीत्वकालमा उपप्रधानमन्त्री भएर रहेका बिजयकुमार गच्छदारले राष्ट्रपतिबाट कहिल्यै संवैधानिक कु को प्रयास नभएको बताएका छन्। उनको त्यो आरोप सरासर मिथ्या रहेको बताएका छन्।
३. त्यस बेलाका अर्का उपप्रधान तथा परराष्ट्रमन्त्री तथा एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठले आफूले त्यसतो कुको कुरो नसुनेको बताएका छन्। उनले त्यस्तो कु को सत्यताको कुरा डा. भट्टराईसँग नै सोध्न भनेका छन्। उनका दुर्इ जना उपप्रधानमन्त्रीले नै त्यसको खण्डन गरेपछि त्यो आरोप आधारहीन भएको प्रष्ट भएको छ।
४. संविधानसभा विघटनपश्चात् सवोर्च्च पदमा आसिन डा. रामवरण यादव र डा. भट्टराईबीच सम्बन्ध बिगे्रेको थियो। डा. भट्टराईले संविधानसभा नरहेको अवस्थामा आफ्नो सत्ता अविछिन्न रूपले २०/२५ वर्ष जाने कल्पना गरेका थिए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यो कुरा पटक-पटक सार्वजनिक पनि गरेका थिए।
५. संविधानसभा विघटनपश्चात् डा. रामवरण यादवले सरकार काम चलाउ भएको र महत्त्वपूर्ण कुरामा सरकारले चार दलको सहमतिमा अघि बढ्नुपर्ने भनेका थिए। तर भट्टराई सरकार भने अरु दललाई वास्ता नै नगरी एकतर्फी ढ·ले अघि बढ्न खोेजेको थियो। त्यसो हुँदा सरकारले राष्ट्रपतिको स्वीकृतिका लागि पठाएका कतिपय अध्यादेश राष्ट्रपतिले रोक्न बाध्य भएका थिए।
६. आफूले स्वेच्छाचारी ढ·ले काम गर्न नपाएपछि डा. भट्टराईले राष्ट्रपतिको अधिकारको कुरा उठाएर अनावश्यक र अशोभनीय टिप्पणी पनि गरे। त्यस्तै कारणले गर्दा उनी अलोकप्रिय हुँदै गए। त्यो अलोकप्रिय हुनुपर्दाको चोट उनमा गहिरो रूपले परेको छ। उनी सत्तामा जाँदा जे जति लोकप्रिय भएका थिए, सत्ताबाट हट्दा उत्तिकै अलोकप्रिय भएका थिए।
७. अहिले उनमा हीनताबोध छ। त्यो हीनताबोध भएको अवस्थामा उनले के भन्छन् र के गर्छन् भनेर उनको पछि लागेर हुँदैन। २०/२५ वर्ष शासनमा अविछिन्न रहने कल्पना गरेका उनले १८ महिनामा हट्दाको पीडा हट्नेले मात्र थाहा पाउन सक्दछ। त्यो पीडाबाट पीडित उनी घाइते बाघझैं भएका छन्। घाइते बाघले कसलाई आक्रमण गर्छ भन्न सकिन्न। त्यस्तै डा. भट्टराईले क-कसलाई के भन्छन्, त्यो अहिले भन्न सकिँदैन र यस्तो बेलामा उनले जे भने पनि त्यसको महत्त्व हुँदैन। र महत्त्वको सम्झनु पनि हुँदैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१