१. आज हामी नेपाली राजनीतिका स्मरणीय व्यक्तित्व पुष्पलालको स्मृतिदिवस मनाउन गइरहेका छौं। पुष्पलाल शहीद गंगालाल श्रेष्ठका भाइ थिए। दाइकै प्रेरणाले उनी राजनीतिमा लागेका थिए। राजनीतिमा लागेर उनले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। कम्युनिष्ट पार्टीका संस्थापकका रुपमा उनी अविस्मरणीय रहेका छन्।
२. नेपाली राजनीतिमा धेरै उतार–चढाउ आए। राजनीतिमा उतार–चढाउ आए अनुसार कम्युनिष्ट पार्टीमा पनि त्यसको ठूलो प्रभाव पर्यो। खास गरेर २०१७ सालमा राजा महेन्द्रले “कु” गरेर पञ्चायती व्यवस्था लागू गरेपछि कम्युनिष्ट पार्टीमा विभाजन आयो। त्यसबेला पुष्पलाल र केशरजंग रायमाझीको दुई धार प्रष्ट देखिएको थियो।
३. २०१७ सालपछि पुष्पलाल स्वनिर्वासनमा भारत गए भने रायमाझी राजालाई सहयोग गरी शक्ति संचय गर्ने उद्देश्यले पञ्चायतमा प्रवेश गरे। पुष्पलालले कहिल्यै राजा समक्ष आत्म समर्पण गरेनन्। उनले भारतमा बसेर संगठन गर्दै रहे। २०३५ साल श्रावण ७ गते भारतमा नै उनको निधन भयो।
४. आफ्नो जीवनको उत्तरार्धतिर उनले पञ्चायतको विरोधमा कम्युनिष्टहरुले नेपाली कांग्रेससँग मिलेर काम गर्नु पर्ने विचार अघि सारे। कांग्रेस र कम्युनिष्टहरुले छुट्टाछुट्टै गरेको आन्दोलन सशक्त नभए कोले उनले कांगे्रससँग मिल्नु पर्ने विचार अघि सारेका थिए। तर अरु कम्युनिष्टहरुलाई त्यो विचार सह्य भएन र उनीहरुले पुष्पलाललाई कांग्रेसको पुच्छर र गद्धार भर्ने नयाँ नयाँ पार्टी खोले।
५. उनले भारत प्रवासमा धेरै दुःख पाए। एक त आफैले जन्माएका कार्यकर्ताहरुले समेत उनलाई छोडेर नयाँ पार्टी गठन गरे भने अकोर्तिर आफूसँग भएका कार्यकर्ताहरुको जीवनयापन पनि ठूलो समस्याका रुपमा रहेको थियो। तैपनि उनले आफ्नो विचार कहिल्यै बदलेनन्, र कसैको सामु हात पसारेनन्।
६. उनको शेषपछि नेपाली कांग्रेसका सवोर्च्च नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायतको विरुद्धमा कांग्रेस र कम्युनिष्टले एक भएर मोर्चा बन्दी गर्ने अवधारणा आयो, त्यसबेला सबैले पुष्पलाललाई सम्झन पुगे। २०४६ सालमा पञ्चायतको अन्त भएर बहुदलको पुनस्र्थापना भएपछि हिजो उनलाई गद्धार र कांग्रेसको पुच्छर भन्नेहरुले उनको प्रशंसा गर्न थाले र उनको तस्वीरमा माल्यार्पण पनि गरे।
७. त्यसबाट पुष्पलालको दूरदर्शिता के कति रहेको थियो, त्यो प्रष्ट हुन्छ। उनले नेपालको इतिहास र जनजीवनको गहिरो अध्ययन गरेका थिए। उनले लेखेका इतिहासका कुराहरुलाई प्रमाणका रुपमा लिने गरिन्छ। उनी अत्यन्त सरल, नम्र र मृदुभाषी थिए। उनले जुन कठोर त्याग तपस्या गरेका थिए, त्यसको प्रतिफल आज देखिएको छ। यसलाई उनको महानताको प्रतीक भन्न पनि सकिन्छ। तर यसको दुरुपयोग नहोस् भन्नेमा भने सबै सजग र सतर्क हुनै पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१