पार्टीभन्दा देश ठूलो

सम्पादक
माघ २२, २०६९

१. राजनीतिक निकासको अभावमा देशको अवस्था अन्यौलग्रस्त छ। सहमति गछौर्ं भन्ने नेताहरू सहमतिको लाइन छोडेर आन्दोलनतिर लागेका छन्। उनीहरू आन्दोलनबाट नै एकले अकोर्लाई बाध्य पार्ने मनस्थितिमा छन्। तर उनीहरूले एकले अर्कालाई कहिलेसम्म बाध्य पार्ने हुन्, त्यो कसैले भन्न सक्ने अवस्था छैन। त्यतिबेलासम्म देशले के कति क्षति व्यहोर्नुपर्ने हो, त्यो पनि भन्न सकिँदैन।

२. राजनीतिक नेताहरू सामान्यतया असफल भएका छन्। संविधानसभाबाट संविधान निर्माण गर्ने उनीहरूको प्रयास चार वर्ष बितेर पनि सफल भएन। चुनाव गर्नका निम्ति चुनावको मिति तोकेको सरकार पनि दुर्इपटक असफल भएको छ। सहमतिका लागि वार्ता गरेका नेताहरूले सहमति गर्न सकेनन्। त्यो पनि उनीहरूकै असफलता हो।

३. तैपनि उनीहरूले आफ्नो असफलताको बोध गरेका छैनन्। उनीहरूले त्यो असफलताको कारण एकले अकोर्तिर लगाउने गरेका छन् र आफू पानीमाथिको ओभानो भनेझैं निदोर्ष भएको बताउँदैछन्। उनीहरूको त्यही आरोप प्रत्यारोप र जुँगाको लडाइँले गर्दा देशको अवस्था नाजुक भएको छ। राजनीतिको गाँठो झन जटिल र पेचिलो हुँदै गएको छ।

४. विकास निर्माणका काम अवरुद्ध भएको छ। उद्योग धन्दा दयनीय अवस्थामा पुगेको छ। बाह्य लगानी भित्रिन सकेको छैन। तैपनि नेताहरू कुरा ठूलो गर्दछन् तर काम गर्दैनन्। सबभन्दा ठूलो देश हो भन्ने भावना उनीहरूमा ठोस रूपमा पलाएको पाइँदैन।

५. देशमा बाह्य हस्तक्षेप बढ्दो छ। खास गरेर छिमेकी देशहरूले धेरै चासो र चिन्ता व्यक्त गर्न थालेका छन्। विदेशीहरूले हामीलाई यसो गर र त्यसो गर समेत भन्न थालेका छन्। हाम्रा बहालवाला कर्णेललाई बेलायतले मानवअधिकार हनन्को आरोप लगाएर थुनेको छ। हाम्रा कर्णेलमाथि अदालतमा मुद्दा चलाएको छ। तैपनि हामीले केही गर्न सकेका छैनौं। नकि हाम्रो पक्षमा बोलिदिने नै कोही देखिएका छन्।

६. समयमै सहमति गरी सत्य निरूपण आयोग गठन गरेको भए यस्तो अवस्था आउने थिएन। मिचाहापनको प्रदर्शन गरी ऐनकानुनको कुरामा पनि बल प्रयोग गर्न खोजियो। जसको परिणाम एकातिर राष्ट्रकै बदनाम हुन गएको छ भने अकोर्तिर कानुनी राजको अवधारणामा प्रश्न चिन्ह उत्पन्न भएको छ। सोचेमा यो हाम्रो प्रतिष्ठामा नै धक्का हो।

७. देशको यस्तो दूरावस्था भएको कुरालाई नेताहरूले महसुस गर्नुपर्दछ। नेताहरूले आन्दोलनबाट बाध्य पार्ने कुरा लामो बाटो हो। दुवै पक्षले त्यो टाढाको बाटो छोडेर समझदारी पूर्वक फेरि सहमतिको लागि वार्ताको टेबुलमा आउनुपर्दछ। छिटै सहमति गरी अवरुद्ध राजनीतिको निकास दिन सक्नुपर्दछ। निकास निकाल्न सक्नुपर्दछ। यो आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width