पाकिस्तानमा नयाँ सरकार बनाउने तैयारी

सम्पादक
वैशाख ३०, २०७०

१. पाकिस्तानमा तालिवानीलगायतको केहीको धम्कीको बाबजुत त्यहाँको नेशनल एसेम्बली र प्रान्तीय चुनाव शनिबार सम्पन्न भएको छ। आइतबार बिहानदेखि नै मत परिणाम आउन थालेको छ। मतदानको परिणाम सबै घोषणा गरिएको छैन तर घोषित परिणाम अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टीको सरकार बनाउने निश्चय भएको छ।

२. पाकिस्तानको इतिहासमा राष्ट्रपति आसिफ अलि जर्दारीको पाकिस्तान पिपुल्स पार्टीले पहिलो पटक आफ्नो पदावधि पूरा गरेको छ। यसअघि त्यहाँ चुनाव त हुन्थ्यो तर केही समयपछि सैनिकले निर्वाचित सरकारलाई अपदस्थ गर्दथे। शरीफको सरकारलाई पनि सन् १९९९ मा पवेज मुसर्रफले कु गरी शरीफलाई हटाएका थिए।

३. यसपटक एक निर्वाचित सरकारले अको निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने भएकोले यसलाई राजनीति गर्नेहरूले बडो महत्त्वका साथ हेरिरहेका छन्। अब त्यहाँ प्रजातन्त्रले जग बसाल्ने अनुमान गरिएको छ। नेपालमा जस्तै त्यहाँ पनि राजनीतिक अस्थिरता छ र प्रधानमन्त्री धेरै फेरिने गर्दछ। एक सभेक्षणले २३ जना प्रधानमन्त्री फेरिएको बताएको छ।

४. यस पटकको चुनावमा नवाज शरीफको पाकिस्तान मुस्लिम पार्टीसत्तारुढ जर्दारीको पिपुल्स पार्टीर क्रिकेट खेलाडी इमरान खानको तहरिक ए इन्साफबीच कडा मुकाविला हुने अनुमान गरिएको थियो। तर घोषित परिणामले शरीफको पार्टीलाई धेरै सिट भएको देखाएको छ। त्यस पार्टीले सरकार बनाउने तैयारी पनि सुरु गरेको छ।

५. यसअघिको चुनावमा पनि तालिवानीलगायत केहीले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको थियो, त्यस बेला तालीवानीहरूले मत दिन जानेहरूको हात काट्ने फरमान जारी गरेका थिए। तैपनि मानिसहरूले देशको राजनीतिक स्थिरता र विकासका लागि मतदान गरेका थिए। आतड्ढकारीहरूले यसपटक पनि बम बिस्फोट गरी १५० भन्दा बढीको ज्यान लिए। तैपनि मानिसहरूले मत खसाल्न गएका थिए।

६. मतदान बहिस्कार भन्नु जति सजिलो छ, गर्न त्यति गाह्रो हुन्छ। त्यो कुरा पाकिस्तानको चुनावले देखाएको छ। निश्चय नै त्यहाँ केही मतको प्रतिशत कम भयो होला। तर त्यसले सरकार गठनमा खास फरक पार्दैन। नेपालमा पनि चुनावको चर्चा भइरहेको र चुनाव बहिस्कार गर्ने कुरा भइरहेकाले यो अवस्थामा त्यहाँबाट केही सिक्नु आवश्यक छ।

७. पाकिस्तान भारतसँगै स्वतन्त्र भएको देश हो। त्यहाँ आर्मीहरूले पटक-पटक कु गर्ने गरेकाले सरकार स्थिर भएको छैन। अब आर्मीहरूको प्रभाव पनि घट्दै गएको छ। आर्मी शासनले पनि केही गर्न नसकेको सर्वसाधारणले भोगिसकेका छन्। सर्वसाधारणले लोकतान्त्रिक निर्वाचित सरकार एकमात्र विकल्प हो भनेर उनीहरूले नयाँ सरकारका लागि म्याण्डेट दिएका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width